टोयोटाका ईभी र हाइब्रिड एसयूभीमा समस्या, १.७६ लाख गाडी फिर्ता
काठमाडौं–जापानी अटो निर्माता टोयोटाले चीनमा बिक्री भएका १ लाख ७६ हजार ७३७...
टोयोटाले मारुती सियाजमा आधारित नयाँ कार बजारमा उपलब्ध गराउने भएको छ । टोयोटाको धेरै बिक्री नभएको यारिसको सट्टामा अब सो कार बिक्री गर्नेछ । मारुती र टोयोटाले यो भन्दा पहिले पनि दुई कम्पनीको सहकार्यमा ग्लेन्जा र अर्बन क्रुजर ल्याउने घोषणा गरिसकेका छन् । मारुती सुजुकी बलेनोलाई रिब्याज भर्सनको रुपमा टोयोटा ग्लेन्जा भनेको छ भने भिटारा ब्रेजालाई अर्बन क्रुजर ।
अब आउने नयाँ सेडानको नाम ‘बेल्टा’ हुने अपेक्षा गरिएको छ । टोयोटाले हालै बेल्टा नामलाई भारतीय बजारका लागि ट्रेडमार्क दर्ता गराएको छ । यसका आधारमा मिडियाहरुले कार बेल्टाको वारेमा जानकारी सार्वजनिक गरिरहेका छन् ।
मारुती सियाजको रिब्याज्ड भर्सन भएकाले बेल्टाको बाहिरी भाग धेरैजसो सियाजसँग मिल्दोजुल्दो हुनेछ । यद्यपि यसमा नयाँ फ्रन्ट ग्रिल र लोगो लगायतका केही फरकपन देख्न सकिने छ ।
यसको इन्टेरियर पनि धेरैजसो सियाज जस्तै हुनेछ । यद्यपि यसको ब्याजिङमा भने फरक हुनेछ । यसमा सियाज जस्तै ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, इलेक्ट्रिकल्ली एड्जस्टेबल र अटो फोल्डिङ ओआरभीएम, रियर एसी भेन्टसहित अटोमेटिक क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल, किलेस इन्ट्री, पुस बटन स्टार्टरस्टप आदि उपलब्ध हुनेछ ।
टोयोटा बेल्टामा सियाजमा जस्तै १.५ लिटर नेचुरल्ली एस्पिरेटेड, इन्लाइन फोर सिलिन्डर पेट्रोल इन्जिन हुनेछ, जसले १०५ पीएस पावर र १३८ एनएम टर्क जेनेरेट गर्छ । यसमा माइल्ड हाइब्रिड सिस्टम स्ट्यान्डर्डको रुपमा हुनेछ ।
यसको मूल्य र लन्चिङ समय अहिले केही सार्वजनिक भएको छैन । टोयोटा र मारुती सुजुकी मिलेर बनाइएका नयाँ कारमा बेस भेरिएन्ट उपलब्ध छैन । यसकारण बेल्टामा पनि सियाजको बेस भेरिएन्ट उपलब्ध नहुन सक्छ । यसको अर्थ हालको सुजुकी सियाजकै हाराहारी यसको मूल्य हुन सक्छ ।
टोयोटा बेल्टाको प्रतिस्पर्धा हाल बजारमा प्रचलित होन्डा सिटी र ह्ुन्डाई भरना आदि सेडानसँग हुनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...