७ सिटर हुन्डाई अल्काजारका लागि अझै केही दिन कुर्नु पर्ने

हुन्डाईले पहिले देखि नै लन्च गर्ने घोषणा गरेको ७ सिटर एसयूभी अल्काजारको लन्चिङ टाइममा थप ढिलाई हुने भएको छ । कोभिड–१९ संक्रमणको कारण यसरी ढिलाई हुने भएको हो । नयाँ मिडिया रिपोर्टका अनुसार यो कार अब जुन महिनामा मात्र लन्च हुन सक्नेछ ।

यद्यपि सो कार भारतका विभिन्न डिलरसिपमा पुगिसकेको समाचार पनि आएका छन् । ग्राहकले अनअफिसियल रुपमा यसको बुकिङ पनि गर्न सक्ने छन् ।

सो कारको प्रतिस्पर्धा एमजी हेक्टर प्लस, महिन्द्रा एक्सयूभी५०० र टाटा सफारी जस्ता कारसँग हुनेछ । यो ६ र ७ सिट अप्सनमा उपलब्ध हुनेछ । कारमा ड्युअल टोन क्याप्टेन सिट पनि उपलब्ध हुने बताइएको छ ।

सो कार क्रेटाको लामो र प्रिमियम भर्सन हुनेछ । अल्काजारको स्पेनिस अर्थ महल हुन्छ । यसमा सबै प्रकारको लक्जरी फिचर हुने अनुमान गरिएको छ ।

अल्काजारमा हाई माउन्टेड एलईडी डीआरएलएस र हाल उपलब्ध क्रेटामा भएको स्प्लिट फ्रन्ट हेडल्याम्प हुने अनुमान गरिएको छ । फ्रन्ट मेन ग्रिल पनि हुनेछ । साथै यसको बम्परमा स्पोर्टी लुक हुनेछ । जसले कारको लुकलाई केही फरक देखाएको छ । नयाँ एसयूभीले ५ सिटर क्रेटाको तुलनामा ज्यादा प्रिमियम लुक दिनेछ । कारको रियरमा नयाँ डिजाइन भएको एलईडी टेललाइट र बम्परको साथमा नयाँ टेलगेट हुनेछ ।

सो एसयूभीको इन्टेरियरमा तेस्रो पंक्तिमा दुई जनाको लागि सिट पनि हुनेछ । सो कारमा २०२० हुन्डाई क्रेटा एसयूभी भन्दा नयाँ फिचर र इक्विपमेन्ट हुनेछ । नयाँ एसयूभीमा ब्लुलाइन कनेक्टेड कार टेक्नोलोजीको साथमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, भेन्टिलेटेड सिट, फ्ल्याट बटम स्टेयरिङ ह्विल, ३६० डिग्री क्यामेरा, प्यानोरमिक सनरुफ जस्ता फिचर हुनेछ ।

अल न्यू हुन्डाई ७ सिटर एसयूभीमा ५ सिटर क्रेटा एसयूभीको इन्जिन प्रयोग गरिनेछ । सो कारमा १.५ लिटर पेट्रोल, १.५ लिटर डिजेल र १.४ लिटर जीडीआई टर्बाेचाज्र्ड पेट्रोल समावेश रहेको छ । कारको ट्रान्समिसन विकल्प पनि क्रेटा जस्तो हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

हुन्डाई टुसानले पायो भारत एनक्यापबाट ५ स्टार रेटिङ

हुन्डाई टुसानले पायो भारत एनक्यापबाट ५ स्टार रेटिङ

हुन्डाई टुसानलाई भारत एनक्यापले ५ स्टार रेटिङ दिएको छ । एसयुभीले वयस्क...

हुन्डाईको नयाँ एसयूभीको नाम एक्सटर हुने, टाटा पन्चको प्रतिस्पर्धी बन्ने

हुन्डाईको नयाँ एसयूभीको नाम एक्सटर हुने, टाटा पन्चको प्रतिस्पर्धी बन्ने

हुन्डाईले छिट्टै एउटा सानो नयाँ एसयूभी एक्सटर ल्याउने भएको छ । कम्पनीले...

दिपलले किन्यो हुन्डाईको चोङकिङ प्लान्ट, वार्षिक ३ लाख कार उत्पादन गर्ने क्षमता वृद्धि

दिपलले किन्यो हुन्डाईको चोङकिङ प्लान्ट, वार्षिक ३ लाख कार उत्पादन गर्ने क्षमता वृद्धि

हुन्डाई मोटर कम्पनी (बेइजिङ हुन्डाई) को चोङकिङ प्लान्ट चाङ्गनको दिपल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...