निषेधाज्ञामा अनुमति विना चल्ने दुई पांग्रेलाई २ हजार र चारपांग्रेलाई ५ हजार जरिवाना हुने

काठमाडौं – अब निषेधाज्ञाको समयमा अनुमतिविना सवारीसाधन चलाए जरिबाना तिर्नुपर्ने भएको छ । अनुमति विना वा सुरक्षाकर्मीलाई जानकारी नदिइ वा बिरामी ओसारपसार गर्ने अवस्थाबाहेक सवारीसाधन चलाए जरिबाना तिराउने गरी सरकारले अध्यादेश ल्याएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा २१ को उपदफा २ (ग) मा भनिएको छ, ‘अनुमतिविना वा बिरामी ओसारपसार गर्ने अवस्थाबाहेक दुई पांग्रे सवारीसाधन चलाए दुई हजार र अन्य सवारीसाधन भए ५ हजार रुपैयाँ जरिवना हुनेछ ।’

सुरक्षाकर्मीले ती सवारीसाधनलाई निश्चित समय नियन्त्रणमा लिनसक्ने पनि भनिएको छ । मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गर्नेलाई पनि पटकैपिच्छे एक सय रुपैयाँ जरिबाना तिराउन सक्ने पनि व्यवस्था गरिएको छ ।

मानिसको आवतजावतमा रोक लगाइएको अवस्थामा उल्लंघन गर्नेलाई भने दुई सय रुपैयाँ तिराउन सक्ने भनिएको छ ।

यो भन्दा पहिले ट्राफिक प्रहरीले बाटोमा हिड्ने बटुवा तथा विभिन्न सवारी साधनलाई विभिन्न प्रकारका जरिवाना गर्दै आएको थियो । यसको विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले त्यसरी जरिवाना वा होल्ड नगराउन आदेश दिएको थियो । यसले गर्दा कानुन उल्लंघन भएको अदालतको भनाइ थियो ।

अब भने सरकारले निषेधाज्ञाको समयमा कानुन उल्लंघन गर्नेका लागि विभिन्न प्रकारका जरिवाना गराउन सक्ने भएको छ ।

सम्बन्धित समाचारहरू

कस्तो पर्ला निषेधाज्ञाको असर अटोमोबाइल क्षेत्रमा

कस्तो पर्ला निषेधाज्ञाको असर अटोमोबाइल क्षेत्रमा

बैशाख १६ गतेदेखि पुनः निषेधाज्ञा लागू गर्ने सरकारी निर्णयसँगै व्यावसायिक...

आजदेखि निषेधाज्ञा थप कडाइ

आजदेखि निषेधाज्ञा थप कडाइ

काठमाडौं – आजदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडाइ गरिने भएको...

गत आर्थिक वर्षमा करिब १ खर्ब रुपैयाँको सवारी आयात : रेकर्ड ब्रेक

गत आर्थिक वर्षमा करिब १ खर्ब रुपैयाँको सवारी आयात : रेकर्ड ब्रेक

काठमाडौं – कोरोना महामारीको समयमा पनि गत आर्थिक वर्ष २०७७/०७८ मा नेपालमा ९७...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...