एक्सपेङले चिनियाँ प्रतिस्पर्धी कम्पनी दिदीलाई ७४ करोड अमेरिकी डलरमा किन्ने
काठमाडौँ – चिनियाँ विद्युतीय कार कम्पनी एक्सपेङले भाडामा यातायात सेवा...
सिम्पल इनर्जी भारतमा पहिलो इलेक्ट्रिक स्कुटर लन्च गर्ने तयारी अवस्थामा रहेको छ । कम्पनीले भारतमा पहिलो इलेक्ट्रिक स्कुटर १५ अगस्तमा लन्च गर्नेछ । कम्पनीले सो स्कुटरको कोडनेम मार्क २ राखेको छ ।
कम्पनीले प्रोटोटाइप मार्क १ भर्सन गत वर्ष नै तयार भएको दाबी गरेको थियो । कम्पनीले यसलाई लन्च गर्नुको सट्टा यसको प्रोटोटाइपको आधारमा विकसित उत्पादन संस्करणलाई अगाडि बढायो । कम्पनीका अनुसार यसको मूल्य १ लाख १० हजार देखि १ लाख २० हजार भारु सम्म हुनेछ ।
सो स्कूटर भारतमा सबैभन्दा बढी रेन्ज दिने स्कुटर हुने दावी गरिएको छ । कम्पनीले सो स्कुटर स्वतन्त्रता दिवसको अवसरमा बैंगलोरमा लन्च गर्नेछ । त्यसपछि सो स्कुटर चेन्नई र हैदराबादमा सार्वजनिक गरिने छ ।
मार्क २ को प्रोडक्सन भर्सनमा ४.८ केडब्ल्युएच लिथियम आयोन ब्याट्रीको प्रयोग गरिएको छ । जसको ईको मोडले २४० किलोमिटरको रेन्ज प्रदान गर्छ । सो इलेक्ट्रिक स्कुटरको अधिकतम गति १०० किलोमिटर प्रतिघन्टा रहेको छ । सो स्कुटर ३.६ सेकेन्डमा ० देखि ५० किलोमिटर स्पिड लिने क्षमता रहेको छ ।
सिम्पल इनजीले पहिले बैगुलरुमा चार्जिङ स्टेशन लगाउने तयारी गरिरहेको छ । हालै कम्पनीले सो इलेक्ट्रिक स्कुटरको परीक्षण फोटो सार्वजनिक गरेको थियो । यसको प्रोडक्सनको लागि कम्पनीले ठूलो प्लान्ट स्थापित गरेको छ । जहाँ ५० हजार स्कुटर निर्माण गर्न सकिन्छ ।
सो स्कुटरमा ब्लुटुथ कनेक्टिभिटी, गुगल म्याप्स, जीपीएस आधारित नेभिगेसन, डिजिटल टचस्क्रिन जस्ता फिचर समावेश हुनेछ ।
काठमाडौँ – चिनियाँ विद्युतीय कार कम्पनी एक्सपेङले भाडामा यातायात सेवा...
काठमाडौं – नेपाली बजारमा हालै उपलब्ध ह्यावलका दुई गाडी जोलियन र एच६ तथा...
काठमाडौं – मोटुल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक आईएमई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...