सस्तो मूल्यमा कोभिडसँग सम्बन्धित सामग्री निःशुल्क डेलिभरी गर्दै रिचार्जर
काठमाडाैं – ईकमर्स प्लेटफर्म रिचार्जरले कोभिड १९ सँग सम्बन्धित उपकरण...
मुलुकमा कोरोना संक्रमणको जटिलता दिनप्रतिदिन बढ्दै जाँदा संक्रमितहरुको उपचारका लागि अत्यावश्यक अक्सिजनलगायतका स्वास्थ्य सामग्रीको अभावमा धेरै सर्वसाधारणले ज्यान गुमाइहरुको संख्या समेत बढी रहेको तर्फ मध्यनजर गर्दै निजी क्षेत्रको एसजी ग्रुपले छिमेकी मुलुक चीनबाट अक्सिजनलगायतका स्वास्थ्य सामाग्री ल्याउने भएको छ।
संक्रमितहरुको संख्या दिनप्रतिदिन बढी रहेको तथा अस्पतालहरुले अक्सिजन अभाव भएको भन्दै बिरामीहरुलाई भर्ना लिन नमानिरहेको समयमा एसजी ग्रुपले चिनबाट अक्सिजन व्याग, अक्सिजन माक्ससहित अक्सिजन सिलिण्डर ल्याउन लागेको हो।
अक्सिजन कोभिडका बिरामीहरुको उपचारका लागि अत्यावश्यक रहेको भएपनि सरकारी तथा निजी क्षेत्रले पनि आवश्यक अनुसार व्यवस्थापन गर्न नसकिरहेको समयमा आफूहरुले अक्सिजन व्याग, अक्सिजन मास्क र अक्सिजन सिलिण्डर ल्याउन थालेको एसजी ग्रुपका अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिए।
घिमिरेले पहिलो चरणमा ४० लिटर क्षमताका ५ हजार सेट अक्सिजन व्याग, ५ हजार अक्सिजन मास्क र २ हजार अक्सिमिटर हवाइमार्गबाट सोमबारसम्म काठमाडौं आइपुग्ने बताए।
उनले मुलुकमा अक्सिजन अभावले मानिसहरुको उपचारमा भयावह अवस्था आइरहेको समयमा मुनाफा नराखी अस्पताल तथा सरोकारवाला पक्षलाई लागत मुल्यमै उपलब्ध गराउने समेत जानकारी दिए।
एसजी ग्रुपले चीनबाट ल्याउने अक्सिजन सिलिण्डर १० लिटर क्षमताका २२ सय युनिट र अक्सिजन सिलिण्डर ४० लिटर क्षमताका २२ सय ५० युनिट जेठ ७ गते सम्ममा स्थलमार्गबाट नेपाल आइपुग्ने छ।
अक्सिजन अभावका कारण मुलुकमा उत्पन्न भएको भयावह अवस्थामा व्यवसायीहरुले विदेशमा भएको आफनो नेटवर्कका माध्यमबाट अक्सिजन लगातका अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन पहल गर्नुपर्दछ भन्नेमा घिमिरेले जोड दिए। उनले आवश्यकता अनुसार थप सामाग्रीहरु समेत ल्याउने योजना आफुहरुसंग रहेको सुनाए।
तल्काल स्वास्थ्य सस्थाहरुमा पुर्याउनु पर्ने संक्रमितहरुलाई अक्सिजन व्याग प्रयोग गर्ने गरिन्छ। विकसित मुलुकहरुमा समेत संक्रमितहरुका लागि आपतकालिन उपचारमा अक्सिजन व्याग प्रयोग गरिने गरेको र प्रभावकारी हुने गरेको जनाइएको छ।
एसजी ग्रुप नेपालका प्रतिष्ठित व्यवसायी तथा सामाजिक व्यक्तित्व शिवप्रसाद घिमिरेको स्वामित्वको औद्योगिक, व्यावसायिक तथा सामाजिक प्रतिष्ठानहरुको ग्रुप हो। शिवप्रसाद घिमिरे नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका पूर्व अध्यक्ष हुन् । त्यसैगरी उनी अध्यक्ष रहेको एसजी ग्रुप अन्तर्गतको एसएलआर टेक्नो एन्ड ट्रेडले नेपालमा मोटरहेड ब्रान्डका मोटरसाइकल बिक्री–वितरण गरिरहेको छ ।
काठमाडाैं – ईकमर्स प्लेटफर्म रिचार्जरले कोभिड १९ सँग सम्बन्धित उपकरण...
काठमाडौं – काठमाडौं उपत्यकामा साँझ ८ बजेबाट निजी र सार्वजनिक सवारी...
भक्तपुर । कोभिड–१९ को महामारीमा कोरोना सङ्क्रमित बिरामीलाई अस्पताल लैजान...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...