नेपाल सुपर लिगको फाइलन आज : यामाहा र किया नेपालको समर्थन प्राप्त कम्पनीको भिडन्त हुने

नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसल) मा शनिबार धनगढी फुटबल क्लब र काठमाडौं रेजर्स उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। 

ट्रफी सार्वजनिक तथा प्रि–म्याच कन्फरेन्समा बोल्दै दुवै टोलीका कप्तानले उपाधि उचाल्ने दाबी गरे।

लिग चरणका खेलबाट शीर्ष स्थानमा रहँदै प्ले अफमा प्रवेश गरेको काठमाडौं रेजर्सले इलिमिनेटर खेलमा भाग्यमाथि हुँदै अन्तिम दुईमा स्थान बनाउन सफल भएको थियो। यही टोली शनिबार पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गरेको टोली धनगढीविरुद्ध उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ। काठमाडौं मैदान उत्रिँदा लिग चरण र पहिलो क्वालिफायरमा हारेको बदला लिने अवसर मिलेको छ। 

उता पहिलो क्वालिफायरमा काठमाडौंमाथि अतिरिक्त समयमा रोमाञ्चक जीत निकाल्दै फाइनलको ढोका खोलेको धनगढीले पनि सहजै उपाधि उचाल्नेमा आत्मविश्वासी देखियो। प्रशिक्षक तोपे फुजाले लिग चरण र क्वालिफयारमा निकालेको जीतले खेलाडीमा आत्मविश्वास भएको र फाइनल खेल पनि आफ्नो पोल्टामा पर्ने दावी गरे ।

यस्तै धनगढीका  कप्तान किरण चेम्जोङले सुरुआती खेलमा आफ्नो टोलीले सोचे जस्तो प्रदर्शन गर्न नसके पनि पछिल्ला खेलमा लय समात्न सफल भएको भन्दै फाइनलमा पनि राम्रो गर्ने विश्वास व्यक्त गरे।

फाइनल पुगेको धनगढीले लिग चरणका काठमाडौंलाई २–१ ले पराजित गरेको थियो भने काठमाडौंले इलिमेनेटरको विजयी टोली ललितपुर सिटीमाथि दोस्रो क्वालिफायर खेलमा ३–० को जित निकाल्दै धनढीसँगको भिडन्त पक्का गरेको थियो। पहिलो पटक आयोजना भएको फ्रेन्चाई फुटबल प्रतियोगिताको विजेताले नगद ३५ लाख रुपैयाँ प्राप्त गर्नेछ। यस्तै उपविजेताले १५ लाख रुपैयाँ पाउनेछ भने व्यक्तिगत विधाका विजेता तथा एक जना उदीयमान खेलाडीले जनही १ लाख रुपैयाँ पाउनेछन्।

रोचक पक्ष के छ भने यी दुवै टिमलाई नेपालका प्रतिष्ठित अटोमोबाइल आयातकर्ता कम्पनीहरुको समर्थन छ । काठमाडौं रेजर्सलाई एमएडब्ल्यु इन्टरप्राइजेज र धनगढी फुटबल क्लबलाई कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजको समर्थन प्राप्त क्लब हो । यी दुवै कम्पनीले नेपालमा क्रमशः यामाहा बाइक र किया गाडी बिक्री–वितरण गरिरहेका छन् ।

सम्बन्धित समाचारहरू

शोरुममा उपलब्ध छैन होन्डा सिआरभी र किया कार्निभल, सेकेन्ड ह्यान्ड किन्नेलाई यस्तो छ बिकल्प

शोरुममा उपलब्ध छैन होन्डा सिआरभी र किया कार्निभल, सेकेन्ड ह्यान्ड किन्नेलाई यस्तो छ बिकल्प

होन्डाको निकै नै रुचाइएको एसयुभी सिआरभी र कियाको एमपीभी कार्निभल अहिले...

नयाँ लोगो सार्वजनिक पश्चात कियाको पहिलो शोरुम भक्तपुरमा खुल्दै

नयाँ लोगो सार्वजनिक पश्चात कियाको पहिलो शोरुम भक्तपुरमा खुल्दै

काठमाडौं – किया गाडीको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ...

किया ईभी३ लाई ऐतिहासिक सफलता, बन्यो वर्ल्ड कार अफ द इयर २०२५

किया ईभी३ लाई ऐतिहासिक सफलता, बन्यो वर्ल्ड कार अफ द इयर २०२५

किया ईभी३ लाई २०२५ को विश्व कार अवार्डमा विजेता घोषित गरिएको छ । यो घोषणा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...