सीडीसीले भन्यो : खोप लगाएका व्यक्तिले सार्वजनिक यातायात वाहेक अन्यमा मास्क लगाउनु पर्दैन

केही विशेष परिस्थितिबाहेक कोभिड १९ विरुद्धको खोप पूर्ण लगाएका मानिसहरुले घरभित्र वा बाहिर मास्क लगाउन र सामाजिक दूरी पालना गर्न जरुरी नरहेको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले बिहीबार घोषणा गरेको छ । ‘यदी तपाईले पूर्ण रुपमा खोप लगाउनु भएको छ भने तपाईले ती काम सुरु गर्न सक्नुहुन्छ, जुन तपाईले महामारीका कारण बन्द गर्नुभएको थियो,’ सीडीसीकी निर्देशक रोचिली वालेन्स्काईले ह्वाइट हाउसमा भएको कोभिड १९ ब्रिफिङमा भनिन्, ‘केही हदसम्म सामान्य अवस्थामा कसरी फर्कन सकिन्छ भनेर यो क्षणको हामीले लामो प्रतीक्षा गरेका थियौँ ।’

यद्यपि खोप लगाइसकेका मानिसले मास्क लगाउन छाड्नुअघि आफ्ना डाक्टरसँग परामर्श गर्नुपर्ने चेतावनी पनि उनले दिएकी छिन् । त्यस्तै, बस, ट्रेन, प्लेन र सार्वजनिक यातायातमा यात्राका क्रममा मास्क अहिले पनि अनिवार्य लगाउनुपर्ने उनले बताएकी छिन् । ‘गत वर्ष भाइरस अकल्पनीय छ भन्ने हामीले देखेका छौं । त्यसैले यदी अवस्था खराब भयो भने हामीले यी सुझावहरुमा परिवर्तन गर्नुपर्ने अवस्था पनि आउनसक्छ,’ उनले भनिन् ।

उनले यस क्षणलाई अति उत्साहजनक भनिन् । यसअघि जारी गरिएको सीडीसीको नयाँ गाइडलाइन्सलाई विज्ञानले समर्थन गर्ने उनले बताइन् । यस गाइडलाइन्सअनुसार पूर्ण खोप लगाएकाहरु घरभित्र र बाहिरी क्रियाकलापमा मास्क नलगाइ र सामाजिक दूरी पालना नगरी भेला सहभागी हुनसक्छन् ।

उनले तीनवटा अध्ययनबारे उल्लेख गरिन् । इजरायलमा गरिएको एउटा र अमेरिकामा गरिएका दुईवटा अध्ययनले खोपले काम गर्र्छ भन्ने देखाएको छ ।

सम्बन्धित समाचारहरू

भारतमा हुने अटो एक्सपो स्थगित, अर्को मिति फेरि सार्वजनिक गरिने

भारतमा हुने अटो एक्सपो स्थगित, अर्को मिति फेरि सार्वजनिक गरिने

सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याचरर्स (सियाम) ले भारतीय अटो एक्सपो...

कोभिड प्रकोप प्रभाव : अटो ग्वाङझाउ २०२२ स्थगित

कोभिड प्रकोप प्रभाव : अटो ग्वाङझाउ २०२२ स्थगित

विश्वकै ठूलो मध्ये एक मानिने चीनको प्रसिद्ध अटो शो ‘अटो ग्वाङझाउ २०२२’...

सीमानाकाबाट दैनिक कोरोना सङ्क्रमित बोक्दै सुरेन्द्र

सीमानाकाबाट दैनिक कोरोना सङ्क्रमित बोक्दै सुरेन्द्र

महेन्द्रनगर – कञ्चनपुरको बेदकोट नगरपालिका–१० दैजीका सुरेन्द्र कठायत...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...