नामी भिगोको आधिकारिक डेलिभरी अब नेपालभर सुरु
काठमाडौं, नेपाल – नामी ०१ प्रिमियम ह्याचब्याकको सफलतापछि एमएडब्ल्यू...
क्रुजर बाइकका लागि अन्तर्राष्ट्रिय बजारमा प्रचलित अमेरिकी कम्पनी हार्ले डेभिडसनले आफ्नो नयाँ अल इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड ‘लाइभवायर’ लन्च गरेको छ । विश्व बजारमा बढिरहेको इलेक्ट्रिक सवारी साधन बजारमा पकड कायम राख्नका लागि हार्लेले नयाँ ब्रान्ड लन्च गरेको हो । अब आगामी दिनमा आउने हार्लेका सबै इलेक्ट्रिक मोटरसाइकल लाइभवायर ब्रान्ड अन्तर्गत लन्च हुनेछन् ।
हार्ले डेभिडसनले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकलको नाम पनि लाइभवायर राखेको थियो । यही नामबाटै नयाँ ब्रान्डको नाम राखिएको छ । कम्पनीले सन् २०१९ मा सो मोटरसाइकल प्रदर्शन गरेको थियो । अब लाइभवायर ब्रान्ड अन्तर्गतको पहिलो माटरसाइकल भने आगामी जुलाइमा लन्च गर्ने तयारी भइरहेको बताइएको छ ।
हार्लेले इलेक्ट्रिक मोटरसाइकलका लागि अलग्गै ब्रान्ड ल्याउने घोषणा गत फेब्रुअरीमै गरेको थियो । युवा पुस्तालाई ध्यानमा राखेर र पर्यावरण संरक्षण गर्ने उद्देश्यका साथ कम्पनीले यो कदम चालेको बताइएको छ ।
हार्लेका सीईओ जोचेन जित्जले इलेक्ट्रिक भेइकल बजारमा नेतृत्व प्रदान गर्न र यसलाई परिभाषित गर्ने अवसरलाई स्वीकार गरेर लाइभवायरमा नयाँ प्रविधिको प्रयोग गर्ने समेत बताएका छन् ।
लाइभवायरको भर्चुअल हेड अफिस हुनेछ । यद्यपि यसको डिलरसिप भने हुनेछ । ्रग्राहकले डिजिटल तरिकाका साथै डिलरसिपको माध्यमबाट समेत लाइभवायरका मोटरसाइकल खरिद गर्न सक्ने छन् ।
काठमाडौं, नेपाल – नामी ०१ प्रिमियम ह्याचब्याकको सफलतापछि एमएडब्ल्यू...
काठमाडौं – बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकको आधिकारिक डिलर इको...
चाइनिज ब्याट्री निर्माता कम्पनी सीएटीएल (क्याटल) ले एक्सटेन्डेड–रेन्ज...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...