हस्कभर्ना भिटपिलेन ७०१ स्पेसल एडिसन सार्वजनिक

स्वीडेनको टु ह्वील निर्माता कम्पनी हस्कभर्ना मोटरसाइकलले इटालीको चर्चित ब्रान्ड रिप्लेको सहयोगमा भिटपिलेन ७०१ एडिसन सार्वजनिक गरेको छ । यसको साथै कम्पनीले ७०१ सुपरमोटो र ७०१ एन्डोरो एलआर जस्ता लिमिटेड मोडल पनि सार्वजनिक गरेको छ ।

कम्पनीले सो बाइक १० युनिट मात्र निर्माण गर्नेछ । कम्पनीले सो बाइक रिप्ले ब्रान्डको सहयोगमा नयाँ कलर स्किम र लोगोको साथमा प्रस्तुत गर्नेछ । उक्त ब्रान्ड पहिलो पटक सन् २०२० मा एक साथ आएको थियो । त्यो समयमा यी दुबै मिलेर लिमिटेड एडिसन मोडल सार्वजनिक गरेका थिए ।

स्वीडिश बाइक निर्माता मोटो ३ मोबाइल च्याम्पियनशिपमा पुन प्रवेश गर्दा हस्कभर्ना मोटो३ मोटरसाइकलमा रिप्लेको ब्रान्ड लोगो समावेश गरिएको थियो । कम्पनीले लेटेस्ट मिडिलवेट लिमिटेड एडिसन मोडल नयाँ रङ, ग्राफिक्स र स्पेसल एसेसरिजको साथमा प्रस्तुत गरेको छ ।

भिटपिलेन ७०१ भारतीय बजारमा उपलब्ध रहेको छ । यो भिटपिलेन ३५० को हायर स्पेक मोडल हो । सो बाइकमा ६९२.७ सीसी लिक्विड कुल्ड, सिंगल सिलिन्डर इन्जिन समावेश गरिएको छ । जसले ७५ एचपीको पावर र ७२ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिनको साथमा ६ स्पिड गियरबक्स समावेश गरिएको छ ।

यसमा इलेक्ट्रोनिक फ्युल इन्जेक्सन उपलब्ध रहेको छ र यो राइड बाई वायर सिस्टमबाट संचालित हुन्छ । यसमा एक प्रिमियम डब्ल्युपी एपेक्स सस्पेन्सन किट र ब्रेम्बो ब्रेक उपलब्ध रहेको छ ।

हस्कभर्नाले सो इन्जिन प्लेटफर्म ७०१ सुपरमोटो र ७०१ इन्ड्युरो एलआर जस्ता मोडलमा पनि प्रयोग गरेको छ । ७०१ सुपरमोटो विशेषगरी ट्राइट ट्रयाक्सको लागि डिजाइन गरिएको हो । ७०१ इनड्युरो एलआरमा कुनै पनि सडकमा यात्रा गर्नको लागि अफ रोड सेटअप समावेश गरिएको छ । सो बाइक कहिले देखि बिक्री गर्ने हो यसको बारेमा कम्पनीले कुनै जानकारी दिएको छैन ।

सम्बन्धित समाचारहरू

१६० सीसीमा पनि आयो केटीएम ड्युक, मूल्य कति ?

१६० सीसीमा पनि आयो केटीएम ड्युक, मूल्य कति ?

केटीएमले १६० सीसी सेग्मेन्टमा सबैभन्दा शक्तिशाली मोटरसाइकल १६० ड्युक...

केटीएम नेपाल र एक्सट्रिम इनर्जी ड्रिंकको साझेदारीमा ‘केटीएम एक्सट्रिम इन्ड्युरो डे’ आयोजना हुने

केटीएम नेपाल र एक्सट्रिम इनर्जी ड्रिंकको साझेदारीमा ‘केटीएम एक्सट्रिम इन्ड्युरो डे’ आयोजना हुने

काठमाडौं – केटीएम नेपाल र एक्सट्रिम इनर्जी ड्रिंकको साझेदारीमा आगामी माघ...

केटिएम ३९० ड्युक र ट्रायम्फ ४०० मा अव १० वर्षको वारेन्टी

केटिएम ३९० ड्युक र ट्रायम्फ ४०० मा अव १० वर्षको वारेन्टी

बजाजले भारतमा केटिएम ३९० ड्युक र ट्रायम्फका सबै ४०० सीसी मोडलमा १० वर्षको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...