‘यामाहा रे जेडआर १२५ एफआई’ले जित्यो ‘स्कुटर अफ द इयर’ अवार्ड

यामाहाको स्कुटर रे जेडआर १२५ एफआईले भर्खरै बाइक इन्डिया अवार्डमा ‘स्कुटर अफ द इयर २०२१’ हासिल गरेको छ । नेपाली बजारमा समेत यामाहाको यो स्कुटर लोकप्रिय मानिनछ । ‘फ्युल इन्जेक्सन’ (एफआई) प्रविधिको ‘पायोनियर’ यामाहाले गत वर्ष सेप्टेम्बरमा नेपालमा यामाहा रेजेड आर १२५ एफआई सार्वजनिक गरेको थियो ।

यामाहा रेजेडआर १२५एफआई ‘फास्टेस्ड पिकअप’ भएको स्कुटर हो । यसले मात्र ७.५९ सेकेन्डमा शुन्यदेखि ६० किलोमिटर प्रतिघन्टाको गति लिनसक्छ भने यसको माइलेज सेग्मेन्टमै सबैभन्दा बढी ५८ किलोमिटर प्रतिघन्टा रहेको छ ।

यसका साथै यसमा ‘स्टप एन्ट स्टार्ट सिस्टम’, ‘साइड स्ट्यान्ड इन्जिन कट अफ स्विच’ जस्ता एक्सक्लुसिभ फिचरहरु छन् । साथै यसको कर्बवेट ९९ किलोग्राम मात्र रहेको छ र यसमा एफआई प्रविधि र बीएस६ इन्जिन रहेको छ ।

रे जेडआर १२५ एफआईमा ‘वाई’ आकारको एलईडी लाइट, नयाँ ‘डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर’, ‘क्वायट स्टार्ट अप’ का लागि स्मार्ट मोटर जेनेरेटर र ‘युनिफाइड ब्रेकिङ सिस्टम’ रहेको छ ।

भारत विश्वकै सबैभन्दा ठूलो टु–ह्विलर बजार हो । भारतकै सबैभन्दा प्रतिष्ठित अवार्ड जितेर यामाहा रेजेडआर १२५ एफआईले आफूलाई विश्वकै सर्वोत्कृष्ट स्कुटर भएको सावित गरेको छ । यो अवार्डले यो स्कुटरलाई भारतमा निकै रुचाइएको सन्देश पनि दिएको छ । नेपालमा पनि यामाहा रे जेडआर १२५ एफआईलाई ग्राहकले निकै रुचाएको कम्पनीको भनाइ छ ।

‘यामाहा रेजेड आरले भारतकै प्रतिष्ठित अवार्ड जितेकोमा हामी निकै खुशी छौं । हामीलाई विश्वास थियो यो स्कुटर अभुतपूर्व छ । स्कुटर अफ द इयर अवार्डले यसलाई अन्तर्राष्ट्रिय सम्मान दिलाएको छ । हामी यसमा गौरवान्वित छौं,’ स्कुटर अफ द इयर अवार्ड जितेपछि एमएडब्ल्यु–यामाहाका सीईओ चिरञ्जीवी शाहले भने ।

नेपालमा यामाहाको आधिकारिक वितरकको रुपमा एमएडब्ल्यु इन्टरप्राइजेजले कार्य गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

प्रतिदिन १३० रुपैयाँ तिर्ने गरी यामाहा मोटरसाइकल लिन सकिने

प्रतिदिन १३० रुपैयाँ तिर्ने गरी यामाहा मोटरसाइकल लिन सकिने

काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु...

रियल राइड, रियल स्टोरिजका लागि यामाहाको #KeepingItReal अभियान

रियल राइड, रियल स्टोरिजका लागि यामाहाको #KeepingItReal अभियान

चलेको ट्रेन्ड पछ्याउने र फ्यान्सी एआई चित्रहरू प्रयोग गर्ने आजको संसारमा...

यामाहाले ल्यायो अहिलेसम्मकै भव्य दशैं तिहार अफर ‘बिगेस्ट १०शैं’, एफजेड भी३ मा १० वर्ष वारेन्टी

यामाहाले ल्यायो अहिलेसम्मकै भव्य दशैं तिहार अफर ‘बिगेस्ट १०शैं’, एफजेड भी३ मा १० वर्ष वारेन्टी

काठमाडौं – नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...