२० वर्षको प्रयासपछि अप्टेराले बनायो पहिलो सोलार कार
काठमाडौं–अमेरिकी स्टार्टअप कम्पनी अप्टेराले २० वर्षको प्रयासपछि आफ्नो...
स्वीडिस कम्पनी हस्कभर्नाले नयाँ इलेक्ट्रिक स्कुटर हस्कभर्ना भेक्टरको कन्सेप्ट भर्सन सार्वजनिक गरेको छ । सो स्कुटरको प्रोडक्सन मोडलमा काम भइरहेको र केही समय पछि प्रदर्शन गरिने बताइएको छ ।
आकर्षक स्टाइल र स्पोर्टी लुक भएको यो इलेक्ट्रिक स्कुटर बजाज चेतक इलेक्ट्रिक स्कुटरमा आधारित रहेको छ ।
हस्कभर्ना भेक्टर इलेक्ट्रिक स्कुटर विशेष डिजाइनयुक्त छ । यसमा भएको बडी प्यानल ड्युअल टोन इफेक्टका साथ आएको छ र यसको लुक पनि एग्रेसिभ छ । स्कुटरमा ठूलो सर्कुलर हेडल्याम्प दिइएको छ । त्यसैगरी फ्रन्टमा एलईडी डीआरएल छ । अन्य मोडलमा जस्तै हेडल्याम्प यसमा पनि उपलब्ध छ ।
स्कुटर ब्ल्याक र ह्वाइट कलर कम्बिनेसनमा उपलब्ध छ । यसको अलोय ह्विलमा नियोन एल्लो हाइलाइट दिइएको छ । यसका कारण नै स्कुटरको लुक थप स्पोर्टी देखिएको छ । यसको साइड प्यानलमा एच (H) को ब्याजिङ दिइएको छ । यसमा सिंगल पिस फ्ल्याट सिट छ, जसले गर्दा पिलियन राइडरलाई सहज हुन्छ ।
हस्कभर्ना भेक्टरमा बजाज चेतककै इन्जिन उपलब्ध हुने सम्भावना छ । यसको स्पिड ४५ किमी प्रतिघण्टा हुनेछ । फुल चार्जिङमा यसबाट ९५ किलोमिटर यात्रा गर्न सकिन्छ ।
यो स्कुटरको प्रोडक्सन भर्सन सन् २०२२ मा बजारमा आउने अनुमान गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...