सिंगल चार्जमा ५१० किलोमिटरको रेन्ज दिने किया ईभी६, १८ मिनेटमा ८० प्रतिशत चार्ज हुने

कियाको पहिलो इलेक्ट्रिक कार ईभी६ ले ग्राहकहरुको तर्फबाट राम्रो प्रतिक्रिया पाएको छ । कम्पनीका अनुसार सो कार बिक्री भएका सुरुवातदेखि नै युरोपमा माग बढिरहेको छ । सो कारको माग ब्रिटेन, फ्रान्स, जर्मन सहित अन्य देश गरी कुल ७ हजार युनिट पुगेको छ । रिपोर्ट अनुसार सो कारको उत्पादन यही वर्षको मध्यदेखि सुरु हुनेछ ।

किया मोटर्सले सो क्रसओभर इलेक्ट्रिक कारे केही महिना अघि सार्वजनिक गरेको थियो । सो कारले पहिलो दिनमा नै २१ हजार १६ अर्डर पाएको थियो । दक्षिण कोरियामा सो इलेक्ट्रिक कारको ठूलो रेकर्ड माग थियो । सो इलेक्ट्रिक कार एक डेडिकेटेड प्लेटफर्ममा तयार पारिएको हो ।

किया ईभी६ ई–जीएमपी प्लेटफर्ममा तयार पारिएको हो । जहाँ विशेष गरी इलेक्ट्रिक कार निर्माण गरिन्छ । सोही प्लेटफर्म हुन्डाई आयोनिकमा प्रयोग गरिएको थियो ।

ईभी६ को लम्बाई ४६८० एमएम, चौडाई १८८० एमएम, उचाई १५५० एमएम र ह्वीलवेस २९०० एमएम रहेको छ । सो ईभीमा भएको दुई इलेक्ट्रिक मोटरको मदतले ५७७ एचपकिो पावर जेनेरेट गर्छ । सो कारले ० देखि १०० किलोमिटर प्रति घन्टाको स्पिड लिनको लागि ३.५ सेकेन्डको समय लिन्छ ।

सम्बन्धित समाचारहरू

यस्तो छ किया सिरोस बेस भेरिएन्टको फिचर र इन्जिन

यस्तो छ किया सिरोस बेस भेरिएन्टको फिचर र इन्जिन

कियाले सब फोर मिटर कम्प्याक्ट एसयूभीको रूपमा कियाको सबैभन्दा नयाँ गाडी...

नयाँ जेनेरेसन एसयूभी किया स्पोर्टेजको टिजर सार्वजनिक, जुलाईमा ग्लोबल डेब्यु हुँदै

नयाँ जेनेरेसन एसयूभी किया स्पोर्टेजको टिजर सार्वजनिक, जुलाईमा ग्लोबल डेब्यु हुँदै

कोरियन कार निर्माता कम्पनी कियाले एसयूभी स्पोर्टेजको पाँचौ पुस्ता अर्थात...

सेल्टोस भन्दा सस्तो नयाँ एसयूभी ल्याउँदै किया, एउटै मोडल इलेक्ट्रिक र कम्वस्चन इन्जिमा आउने

सेल्टोस भन्दा सस्तो नयाँ एसयूभी ल्याउँदै किया, एउटै मोडल इलेक्ट्रिक र कम्वस्चन इन्जिमा आउने

कोरियन अटो निर्माता कियाले भारतमा अर्को नयाँ एसयूभी ल्याउने तयारी थालेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...