हुन्डाईद्वारा गण्डकी प्रदेश सरकारलाई ५० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं – नेपालको लागि हुन्डाई मोटर्सको आधिकारिक विक्रेता लक्ष्मी हुन्डाई (लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि) ले हुन्डाई मोटर कम्पनी कोरियाको सौजन्यमा ५० लाख रुपैयाँ बराबरका कोभिड–१९ उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

हुन्डाईले उपचारको समयमा चाहिने पीपीईलगायतका आवश्यक सामग्रीहरु गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयलाई बैशाख २४ गते आयोजना गरिएको एक कार्यक्रममा हस्तान्तरण गरिएको बताएको छ ।

हाल विश्वभर फैलिदै गरेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाममा मद्दत गर्नका लागि सो स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको हो । यसको मुल उद्देश्य आवश्यकता परेका बिरामीहरुलाई समयमा र सही तरिकाले उपचार प्रदान गर्नु रहेको छ ।

लक्ष्मी हुन्डाईले सधैें यस्ता परोपकारी उद्देश्यहरुलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै आइरहेको बताएको छ । लक्ष्मी ग्रुपले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा र१ करोड सहयोगका साथै फिभर क्लिनिक स्थापना लागि आर्थिक सहयोग गरेको थियो । यो वाहेक ग्रुपले अन्य विभिन्न सामाजिक कार्यमा समेत सहयोग गर्दै आएको छ ।

लक्ष्मी हुन्डाई लक्ष्मी ग्रुपको भगीनी संस्था हो ।

सम्बन्धित समाचारहरू

हुन्डाई कार किन्दा धनगढीका अभिषेकले जिते १० लाख नगद छुट

हुन्डाई कार किन्दा धनगढीका अभिषेकले जिते १० लाख नगद छुट

काठमाडौं–हुन्डाई कार किन्दा धनगढीका अभिषेक चौधरीले १० लाख नगद छुट जितेका...

नेक्स्ट–जेन क्रेटा २०२७ मा आउने, डिजाइनसंगै कम्फर्ट र सेफ्टि फिचर अपडेट हुने

नेक्स्ट–जेन क्रेटा २०२७ मा आउने, डिजाइनसंगै कम्फर्ट र सेफ्टि फिचर अपडेट हुने

हुन्डाईले २०२७ मा भारतमा अर्को पुस्ताको क्रेटा लन्च गर्ने योजना बनाएको छ ।...

नाइमालाई लक्ष्यित गरी हुन्डाईले ल्यायो नयाँ अफर, भियतनाम भ्रमण र अन्य धेरै सुविधा

नाइमालाई लक्ष्यित गरी हुन्डाईले ल्यायो नयाँ अफर, भियतनाम भ्रमण र अन्य धेरै सुविधा

काठमाडौं – नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...