दुई दिनमै सोल्ड आउट भयो सुजुकी हायाबुसा

भारतमा लन्च भएको दुई दिनमै सुजुकीको सुपरबाइक २०२१ हायाबुसा सोल्ड आउट भएको छ । सुजुकीले भारतमा गत अप्रिल २६ का दिन लन्च भएको थियो ।

भारतमा पहिलो लटमा १०१ हायाबुसा आइपुगेका थिए । आगामी मे महिनाको मध्यदेखि यसको डेलिभरी प्रारम्भ गरिने र सबै युनिट डेलिभरी गर्न करिव दुई देखि तीन महिना लाग्ने अनुमान गरिएको छ ।

भारतमा सुजुकी हायाबुसा लोकप्रिय सुपरबाइक मानिन्छ । यसको आइकनिक आकार, ठूलो साइज र मुभी स्टारिङ स्टाटसका कारण धेरैको रोजाइमा परेको छ ।

यो सुपरबाइकमा इन्जिन पनि अपडेट गरिएको छ । यसमा १३४० सीसी, इनलाइन फोर सिलिन्डर, लिक्विडकुल्ड इन्जिन प्रयोग गरिएको छ, जसले युरो ५ मापदण्डलाई पालना गरेको छ । सो इन्जिन राइड–बाई–वायर थ्रोटल सिस्टमयुक्त छ । त्यसैगरी यसमा अपडेट गरिएको इन्टेक र एक्जस्ट सिस्टम पनि छ । यी सबैका कारण लो तथा मिड रेन्जमा पावर र टर्क आउटपुट बढाउन सहयोग पुग्छ ।

नयाँ सुजुकी हायाबुसा २०२१ को मूल्य १६ लाख ४० हजार भारु तोकिएको छ, जुन पहिलेको मोडल भन्दा ३ लाख भारु महंगो हो ।

सम्बन्धित समाचारहरू

२६.६८ किमी माइलेज दिने नयाँ सेलेरियोको खुल्यो प्रि–बुकिङ, सुरुवाती मूल्य २७ लाख ९९ हजार

२६.६८ किमी माइलेज दिने नयाँ सेलेरियोको खुल्यो प्रि–बुकिङ, सुरुवाती मूल्य २७ लाख ९९ हजार

काठमाडौं – नेपाली बजारमा सुजुकीको नयाँ सेलेरियो उपलब्ध हुने भएको छ ।...

भारतमा सर्बाधिक बिक्री हुने एसयूभीको पहिलो नम्बरमा सुजुकी फ्रङ्क्सको प्रवेश

भारतमा सर्बाधिक बिक्री हुने एसयूभीको पहिलो नम्बरमा सुजुकी फ्रङ्क्सको प्रवेश

फेब्रुअरी २०२५ मा भारतमा शीर्ष १० एसयूभीको बिक्री सूची सार्वजनिक भएको छ ।...

लन्च हुँदैछ आकर्षक लुक र शानदार फिचर सहितको न्यू जेनेरेसन सुजुकी अल्टो, लिक भयो तस्बिर

लन्च हुँदैछ आकर्षक लुक र शानदार फिचर सहितको न्यू जेनेरेसन सुजुकी अल्टो, लिक भयो तस्बिर

सुजुकीको इन्ट्रि लेवल ह्याचब्याक अल्टोको न्यू जेनरेसन मोडल बजारमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...