नयाँ ड्यूक २५०, यी हुन् थप भएका फिचर
केटिएम ड्यूक २५० नयाँ भर्सनमा आएको छ । नयाँ मोटरसाइकलमा केटिएमले नयाँ...
काठमाडौं – नेपाली बजारमा एसवाईएम ब्रान्डको बाइक एनएचटी २०० उपलब्ध हुने भएको छ । नेपाली बजारका लागि आधिकारिक वितरकको रुपमा केजी इन्टरकन्टिनेन्टल प्रालिले सो बाइक बिक्री–वितरण गर्ने बताएको छ ।
यसै सन्दर्भमा देशभरका विभिन्न स्थानका लागि डिलर आह्वान गरिएको छ । यसका लागि info@kgintpl.com मा इमेल गर्न सकिने बताइएको छ ।
यो बाइकमा युरो फोर, १८३ सीसी फोर स्ट्रोक लिक्विडकुल्ड इन्जिन छ, जसले ८५०० आरपीएममा १३.५ किलोवाट पावर र ७५०० आरपीएममा १५.७ एनएम टर्क जेनेरेट गर्छ । इलेक्ट्रिक फ्युल इन्जेक्सन सिस्टम रहेको सो बाइकको फ्रन्टमा टेलिस्कोपिक फोर्क सस्पेन्सन र रियरमा युनिट स्विङ आर्म रहेको छ ।
६–स्पिड गियरबक्समा उपलब्ध सो बाइकको अधिकतम स्पिड १२५ किमी प्रतिघण्टा रहेको छ । सिटको उचाई ८१० एमएम रहेको सो बाइकमा १३ लिटरको इन्धन ट्यांकी छ । सुविधायुक्त सिट, एलसीडी डिस्प्ले, फ्रन्ट तथा रियर डिस्क ब्रेक, रोबस्ट च्यासिस तथा फुल एलईडी लाइट रहेको सो बाइकको मूल्य र अन्य जानकारी भने पछि नै थाहा हुनेछ ।
अर्वान एक्सप्लोरका लागि डिजाइन गरिएको यो बाइक क्रसओभर एड्भेन्चर कलेक्सन हो । अगाडिको भिजिबिलिटी क्लियर देखिनका लागि यसमा भएको केही अपराइट राइडिङ पोस्चरले सहयोग गर्छ । त्यसैगरी बाइकमा भएको पेरिमिटर फ्रेम, सेन्टर सस्पेन्सन र सीबीएस सहितको फ्रन्ट तथा रियर डिस्क ब्रेकले आउटस्ट्यान्डिङ ह्यान्डलिङमा सहयोग गर्छ ।
बाइकमा भएको बिक र भाइजरले यसको एड्भेन्चर लुकलाई थप परिस्कृत बनाएको छ । फ्रन्टमा भएको १४० एमएम ट्राभल सस्पेन्सनले धेरै टेरेनहरुको यात्रामा सहयोग गर्छ ।
केटिएम ड्यूक २५० नयाँ भर्सनमा आएको छ । नयाँ मोटरसाइकलमा केटिएमले नयाँ...
आर्थिक वर्ष २०७९/८० का लागि सार्बजनिक गरिएको बजेटमा सरकारले २ सय सीसीमाथि...
केटीएमले आफ्नो नयाँ मोटरसाइकल आरसी १६० लाई अहिले विभिन्न चरणमा परिक्षण...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...