होन्डा सीबी७५० हर्नेट स्पोर्ट्स बाइक सार्वजनिक, यस्ता छन् विशेषता
नयाँ लिक्विड कुल्ड, ७५५ सीसी प्यारालल ट्विन इन्जिनसहित होन्डाले आफ्नो...
काठमाडौं – लकडाउन पश्चात उपलब्ध गराएको नयाँ खाले स्किम ‘१ रुपैयाँमा होन्डा डियो’ स्किम फेरि लागू भएको छ । नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले हाल नयाँ वर्ष २०७८ को अवसरमा यो अफर फेरि लागू गरेको हो ।
यो अफर अन्तर्गत होन्डाका अन्य बाइक वा स्कुटर जस्तै होन्डा डियो पनि लिन सकिन्छ । डियोलाई नेपाली बजारमा विगत २० वर्ष यता सबैभन्दा बढी बिक्री भएको स्कुटर भनेर होन्डाले प्रवद्र्धन गरिरहेको छ । हाल नेपाली बजारमा बीएस६ डियो भर्खरै उपलब्ध गराइए तापनि सबै सोरुममा पुगिसकेको छैन । तर पहिले देखि नै उपलब्ध होन्डा डियो डीएलएक्स अर्थात डिलक्स यो स्किम अन्तर्गत लिन सकिन्छ ।
हाल होन्डा डियो डीलक्सको मूल्य २ लाख १६ हजार ९ सय रुपैयाँ तोकिएको छ । यस अनुसार १ रुपैयाँ डाउन पेमेन्ट मात्र बुझाएर ३६ महिना सम्म किस्ता तिरेर यो स्कुटर लिन सकिन्छ ।
यसरी स्कुटर लिदा १ रुपैयाँका साथै थर्ड पार्टी इन्स्योरेन्स १७ हजार २५०, रजिस्ट्रेसन शुल्क १ हजार र सेवा शुल्क ३ हजार ३९० रुपैयाँ गरी २१ हजार ६४० रुपैयाँ भने बुझाउनु पर्छ । यसरी होन्डा डियोलाई आफैले चलाउने गरी लैजान सकिन्छ ।
त्यसपछि भने मासिक रुपमा ३६ महिना सम्म ७ हजार ६२५ रुपैयाँका दरले किस्ता तिर्नु पर्छ ।
डियो डिलक्समा सीबीएस ब्रेकिङ सिष्टम र स्ट्याबिलिटी कन्ट्रोल, फुल्ली डिजिटल मिटर, मोबाइल चार्जिङ सकेट लगायतका आधुनिक विशेषता थपिएको छ । त्यसैगरी स्कुटरको पर्फमेन्स तथा माइलेजका ‘एचइटी’ इन्जिन, सिट ओपनिङ स्विचसँगै फोर इन वान लक, सर्भिस रिमाइन्डर इन्डिकेटर र गोल्ड रिमको विशेषता प्रदान गरिएको छ ।
होन्डा डियोमा एलईडी हेडलाइट जडान गरिएको छ । यसमा डिजिटल स्पिडोमिटर र ट्रिप मिटर छ । यसमा फ्रन्ट एन्ड रियर क्यारी हुक, लो–फ्यूल वार्निङ ल्याम्प, अल डिजिटल कन्सोल तथा मोबाइल चार्जिङजस्ता फिचर उपलब्ध छ ।
यसबाहेक स्कुटरको इन्जिन, लुक्स लगायत अन्य पक्षमा कुनै परिमार्जन गरिएको नगरिएको कम्पनीले जनाएको छ । यसमा १०९.१९ सीसी सिंगल सिलिन्डर एयरकुल्ड इञ्जिन छ, जसले ८ बीएचपी पावर तथा ८.९१ एनएम टर्क जेनेरेट गर्छ । यसको इञ्जिनमा भी–मेटिक सीभीटी गियरबक्स जडान गरिएको छ भने यो स्कुटर भारतीय प्रदूषण मापदन्ड बीएस फोरमा आधारित रहेको छ ।
बजारमा होन्डा डियोलाई निकै स्टाइलिस स्कुटरको रुपमा लिइन्छ । विभिन्न चार कलर अप्सनमा यो स्कुटर उपलब्ध छ ।
नयाँ लिक्विड कुल्ड, ७५५ सीसी प्यारालल ट्विन इन्जिनसहित होन्डाले आफ्नो...
जापनिज अटो निर्माता होन्डाले भारतमा डिजेल इन्जिनको उत्पादन वन्द गर्ने...
होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डिया प्रालिले ठुलो कोसेढुङ्गा हासिल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...