नेपाल सुपर लिगमा धनगढी फुटबल क्लबसँग किया नेपालको साझेदारी

काठमाडौं – नेपाली फुटबलको क्षेत्रमा किया ब्रान्डको गाडी समेत जोडिएको छ । कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले धनगढी फुटबल क्लबसँग किया नेपालले साझेदारी गरेको बताएको छ ।

बैशाख ११ गते दशरथ रंगशालामा प्रारम्भ भएको राउन्ड रोबिन फम्र्याटमा खेलिने सुपर लिग नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल टुर्नामेन्ट हो । यही क्रममा अन्तर्राष्ट्रिय खेल जगतमा जस्तै नेपालमा पनि किया फुटवलसँग जोडिएको छ ।

किया र धनगढी फुटबल क्लबको साझेदारीसँगै उक्त क्लबका खेलाडीहरुको जर्सीमा कियाको लोगो प्रयोग हुनेछ । त्यसैगरी, अनलाइन डिजिटल कन्टेन्ट र अन्य गतिविधिमार्फत पनि ब्रान्ड सचेतना जगाइने किया नेपालले बताएको छ । कियाले धनगढी फुटबल क्लब टिमको जर्सीसँगै आफ्नो नयाँ लोगो पनि देशव्यापी रुपमा सार्वजनिक गर्ने जनाएको छ ।

कियाले अस्ट्रेलियन ओपन, फिफा वर्ल्ड कपमा अफिसियल अटोमोटिभ पार्टनर, युरोपका ५४ मुलुक सहभागी हुने प्रतिस्पर्धा युईएफए युरोपा लिग, नेसनल मोटरस्पोर्ट्स जस्ता खेलहरुमा आबद्धता जनाउँदै आएको छ ।

सम्बन्धित समाचारहरू

कियाले नयाँ इलेक्ट्रिक कार ईभी३ सार्वजनिक गर्ने

कियाले नयाँ इलेक्ट्रिक कार ईभी३ सार्वजनिक गर्ने

दक्षिण कोरियाली कम्पनी कियाले मे २३ मा आफ्नो नयाँ इलेक्ट्रिक कार ईभी३...

कियाको सबैभन्दा सानो ईभी सार्वजनिक हुने मिति घोषणा

कियाको सबैभन्दा सानो ईभी सार्वजनिक हुने मिति घोषणा

कियाले आफ्नो बहुप्रतिक्षित बिद्युतिय एसयूभी(ईभी) ईभी२ लाई आगामी जनवरी ९ मा...

कियाको लोकप्रिय कार सेल्टोस अब प्यानोरामिक सनरुफ सहित आउने

कियाको लोकप्रिय कार सेल्टोस अब प्यानोरामिक सनरुफ सहित आउने

दक्षिण कोरियाली कार निर्माता कम्पनी कियाले सेल्टोसको फेसलिफ्ट भर्सनमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...