पोखरा थन्डर्सलाई लक्ष्मी हुन्डाईको साथ, बन्यो प्लाटिनम स्पोन्सर

काठमाडौँ – नेपालको लागि हुन्डार्ई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल सुपर लिगको प्रथम संस्करणमा रहेको सात मध्येको एक टिम पोखरा थन्डर्सलाई प्लाटिनम स्पोन्सरको रुपमा प्रायोजन गरेको छ ।

नेपाल सुपर लिगको प्रथम संस्करण बैशाख ११ गते देखि जेठ १ गतेसम्म हुन गइरहेको छ । नेपाल सुपर लिग अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत हुने सातवटा टिमको टुर्नामेन्ट हो, जुन काठमाडौंको दशरथ रंगशालामा राउन्ड रोबिन फरम्याटमा खेलिन्छ । नेपाल सुपर लिग नेपालमा पहिलो फ्रेन्चाइज फुटबल टुर्नामेन्ट हो ।

हुन्डाईले विश्वभरनै खेलको विकास र प्रवद्र्धन गर्ने हेतुले विश्व कपको साथै विभिन्न लिग प्रतियोगिताहरुमा पनि प्रायोजन गर्दै आइरहेको बताएको छ । यसरी नैै लक्ष्मी ह्ुन्डाईले पनि नेपालमा खेलकुद विकासको लागि विभिन्न खेलकुदहरु (फुटबल, गल्फ) मा प्रत्यक्ष रुपमा सहयोग गर्दै आइरहेको छ ।

लक्ष्मी ह्ुन्डाईले विगतमा नेपालको ‘ए’ डिभिजन टिम पनि १० बर्षसम्म प्रायोजन गरेको थियो ।

हुण्डाई मोटरले इङ्लिस प्रिमियर लिग सिजन २०१८÷१९ देखि ४ बर्षसम्मका लागि चेल्सी एफसीलाई प्रायोजन गरेको छ । साथै फिफा प्रतियोगिताहरुमा बिगत १० वर्षदेखि अफिसियल प्रायोजक रहेको छ ।

सम्बन्धित समाचारहरू

धेरै नयाँ फिचर सहित नयाँ जेनेरेसन हुन्डाई भेन्यु २०२५ मा लन्च हुने

धेरै नयाँ फिचर सहित नयाँ जेनेरेसन हुन्डाई भेन्यु २०२५ मा लन्च हुने

न्यु जेनेरेसन हुन्डाई भेन्यु २०२५ मा लन्च हुने अपेक्षा गरिएको छ र यसको...

यी नयाँ फिचरले वनाएको छ भेन्यु फेसलिफ्टलाई थप आकर्षक र सुविधा सम्पन्न

यी नयाँ फिचरले वनाएको छ भेन्यु फेसलिफ्टलाई थप आकर्षक र सुविधा सम्पन्न

लामो समयको प्रतिक्षासंगै हुन्डाईले अन्तत नेपाली बजारमा नयाँ भेन्यु लन्च...

हुन्डाई गाडी खरिद गर्दा ६ लाखसम्म नगद छुट, तीन गुणासम्म नयाँ वर्ष बोनस

हुन्डाई गाडी खरिद गर्दा ६ लाखसम्म नगद छुट, तीन गुणासम्म नयाँ वर्ष बोनस

काठमाडौं– हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बितरक लक्ष्मी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...