सांघाई अटो शोमा होन्डाले लन्च ग-यो सीबी४००एफ र सीबी४००एक्स बाइक

चाइनिज र जापनिज बजारलाई लक्ष्यित गरी होन्डाले सीबी४००एफ र सीबी४००एक्स बाइक लन्च गरेको छ । सांघाई अटो शोमा होन्डाले यी दुई बाइक लन्च गरेको हो ।

अमेरिकी र युरोपेली बजारलाई लक्ष्यित गरी होन्डाले यही मोडलका ५०० सीसीका बाइक उपलब्ध गराइरहेको छ । यी देशमा होन्डाको ५०० सीसी बाइकलाई फर्स्ट टाइमर तथा अनुभवी दुवै बाइकरले रुचाएको पाइन्छ । तर चीन र जापानमा भने ५०० सीसी भन्दा माथिका बाइकलाई बिग बाइकको वर्गमा राखिन्छ र नयाँ राइडरले ४०० सीसी भन्दा माथिका बाइक चढ्न पाउदैनन् । यही कुरालाई मनन गरी होन्डाले ४०० सीसीका यी दुई बाइक उपलब्ध गराएको बताएको छ । यद्यपि धेरै कुरामा ५०० सीसी र ४०० सीसी बाइकमा समानता पाइन्छ ।

सीबी४००एफ नेकेड स्ट्रिटफाइटर बाइक हो । यसमा स्प्लिट अप–सिट छ । त्यसैगरी एंगुलर बडीवर्कका साथै होन्डा बिल्ड क्वालिटी सबै ५०० सीसी जस्तै छ । त्यसैगरी सीबी४००एक्स एड्भेन्चर स्टाइलमा उपलब्ध छ । अफरोड र ट्राभलका लागि यो निकै नै हलुका छ ।

यी बाइकमा ३९९ सीसीको प्यारालल ट्विन इन्जिन प्रयोग गरिएको छ, जसले ४४.८७ पीएस पावर र ३७ एनएम टर्क दिन्छ ।

नेपाली बजारमा हाल माग अनुसार होन्डाले सीबी४००एके बाइक बिक्रीका लागि उपलब्ध गराइरहेको छ । यसको मूल्य २२ लाख ७५ हजार रुपैयाँ तोकिएको छ । तर यी दुई नयाँ बाइक भने नेपाली बजारमा आउने सम्भावना कमै छ ।

सम्बन्धित समाचारहरू

२५० सीसीको डर्ट बाइकमा ३० हजार छुट

२५० सीसीको डर्ट बाइकमा ३० हजार छुट

काठमाडौं – नेपाली बजारमा कायो ब्रान्डको डर्ट बाइक टी२ भित्रिएको छ ।...

एसवाईएमको नयाँ बाइक आउँदै, देशभर डिलरका लागि प्रस्ताव आह्वान

एसवाईएमको नयाँ बाइक आउँदै, देशभर डिलरका लागि प्रस्ताव आह्वान

काठमाडौं – नेपाली बजारमा एसवाईएम ब्रान्डको बाइक एनएचटी २०० उपलब्ध हुने...

केटीएम २५० ड्युकको मूल्यमा एकै पटक ४६ हजार रुपैयाँ कमी, अब कति ?

केटीएम २५० ड्युकको मूल्यमा एकै पटक ४६ हजार रुपैयाँ कमी, अब कति ?

काठमाडौं – केटीएमको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...