नयाँ लोगो सहित किया सोनेट सार्वजनिक, चाँडै लन्च हुने

किया सोनेट इन्डियाले भारतीय बजारमा कम्प्याक्ट एसयूभी किया सोनेटको तेस्रो जेनेरेसन पेश गरेको छ । नयाँ सोनेटमा कियाको नयाँ लोगो समावेश गरिएको छ । सोनेटको प्रतिस्पर्धी मारुती भिटारा ब्रेजा, हुन्डाई भेन्यु, टाटा नेक्सन, फोर्ड इकोस्पोर्ट, महिन्द्रा एक्सयूभी३००, रेनो काइगर र निसान म्याग्नाइट आदि रहेका छन् ।

कारको फ्रन्ट र रियरमा कम्पनीको नयाँ लोगो रहेको छ । नयाँ लोगोको साथै किया सोनेटको क्याबिनमा नयाँ फिचर समावेश गरिएको छ । सो कार एसयूभीको रेन्जमा दुई भेरिएन्ट एचटीएक्स पेट्रोल डीसीटी र एचटीएक्स डिजेल एटी समावेश रहेको छ ।

कारको एचटीएक्स भेरिएन्टमा ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमको साथमा एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी, अटोमेटिक क्लाइमेट कन्ट्रोल सिस्टम, एलईडी डीआरएलएसको साथमा एलईडी हेडलाइट, इलेक्ट्रिक सनरुफ, स्टेयरिङ माउन्टेड कन्ट्रोल जस्ता फिचर समावेश रहेको छ ।

हाल किया सोनेटको तीन इन्जिन विकल्प १.२ लिटर पेट्रोल युनिट (८२ बीएचपी र ११५ एनएम), १.५ लिटर डिजेल (९९ बीएचपी र २४० एनएम) युनिट र १.० लिटर र टर्बाेचाज्र्ड पेट्रोल (११८ बीएचपी र १७२ एनएम) युनिट रहेको छ । सो कार ६ स्पिड आईएमटी र ७ स्पिड डीसीटी ट्रान्समिसनको साथमा जोडिएको छ ।

सम्बन्धित समाचारहरू

नयाँ लोगो सार्वजनिक पश्चात कियाको पहिलो शोरुम भक्तपुरमा खुल्दै

नयाँ लोगो सार्वजनिक पश्चात कियाको पहिलो शोरुम भक्तपुरमा खुल्दै

काठमाडौं – किया गाडीको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ...

सुरुवाती मूल्य ९ लाख भारुमा लन्च भयो किया क्यारेन्स

सुरुवाती मूल्य ९ लाख भारुमा लन्च भयो किया क्यारेन्स

कियाले क्यारेन्स एमपीभीलाई आज भारतमा लन्च गरेको छ । सेल्टोसको प्लेटफर्ममा...

रिकिन्डसनमा खोजी हुन थाल्यो किया सेल्टोस, बिक्री गर्ने ग्राहक नभेटिंदा कारोबार न्यून

रिकिन्डसनमा खोजी हुन थाल्यो किया सेल्टोस, बिक्री गर्ने ग्राहक नभेटिंदा कारोबार न्यून

पछिल्लो समय चर्चामा रहन सफल किया सेल्टोसको रिकिन्डसन बजारमा समेत खोजी हुन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...