रोयल इन्फिल्डको सबैभन्दा शक्तिशाली हिमालयन ७५० चाँडै बजारमा आउने, परीक्षण जारी
रोयल इन्फिल्डले आफ्नो इतिहासकै सबैभन्दा ठूलो र शक्तिशाली मोटरसाइकल, रोयल...
काठमाडौं – कोभिड महामारीका कारण गत वर्ष आयोजना हुन नसकेको ‘पोकर रन’ यसपटक आयोजना भएको छ । नेपाल पर्यटन बोर्डको सहकार्यमा एड्भेन्चर ट्राभल कम्पनी ‘स्याकर्ड समिट्स र फ्रेन्ड्स अफ रोयल इन्फिल्ड (फोरे) ले संयुक्त रुपमा आयोजना गरेको यो कार्यक्रम ११ औं संस्करणको हो । उक्त कार्यक्रममा देशभरबाट १५० बढी राइडरले सहभागिता जनाएका थिए । अघिल्ला वर्षहरुमा झैं यसपाली विदेशी राइडरले भने सहभागिता जनाएका थिएनन् ।
नेपाली नयाँ वर्षको पुर्व सन्ध्यामा आयोजना गरिएको उक्त कार्यक्रमको चैत्र ३१ गते नेपाल पर्यटन बोर्डका सीईओ डा.धनन्जय रेग्मीले फल्याग अफ गरी शुभारम्भ गरेका थिए । पोखरामा २ रात बिताएका सहभागीहरु बैशाख २ गते काठमाडौं फर्किएपछि कार्यक्रम समापन भएको थियो ।
काठमाडौं–पोखरा मोटरसाइकल यात्राको यो कार्यक्रमको उद्देश्य आन्तरिक पर्यटन प्रवद्र्धन गर्नु रहेको बोर्डका सीईओ धनन्जय रेग्मीले बताए । नेपालको आन्तरिक पर्यटनलाई चलायमान बनाउन यस्ता कार्यक्रमले मद्दत गर्ने बताउँदै उनले भने, ‘कोरोना महामारीका कारण अघिल्लो बर्ष सुनसान बनेको पर्यटन क्षेत्रमा यस्ता खाले कार्यक्रमले नयाँ आशा जगाएको छ ।’ यात्रामा आफैं सहभागी आयोजक स्याकर्ड समिट्सका अध्यक्ष रवि थापाले मुलुक मोटरसाइकल पर्यटनका लागि उपयुक्त रहेकाले यस्तो यात्राको चलन विकास हुँदै गइरहेको बताए ।
कार्यक्रममा १ सय भन्दा बढी रोयल इन्फिल्ड मोटरसाइकलको साथै जावा, केटिएम एड्भेन्चर र बिएमडब्ल्यू सहित १२० मोटरसाइकल सहभागी थिए । यात्रालाई रोमाञ्चक र प्रतिस्पर्धात्मक बनाउन विभिन्न क्याटेगोरीमा बिजेताहरुको घोषणा गरी प्रमाणपत्र र अन्य उपहार समेत प्रदान गरिएको थियो । पोकर रनको मुख्य प्रायोजक खुकुरी रम रहेको थियो ।
सोही क्रममा अटोमोबाइल म्यागेजिन र नेपाल अटो डटकमका बजार व्यवस्थापक दिपेश पौडेलले ‘बेस्ट पोकर ह्यान्ड’को उपाधि हात पार्दै प्रमाणपत्र र उपहार प्राप्त गरेका थिए । अन्य बिधामा विजेता सहभागीहरुलाई समेत सम्मानित गरिएको थियो । कार्यक्रमका दैरान पहिलो दिनमै राइडर सन्तोष कार्की दुर्घटनामा परि ज्यान गुमाएका कारण यसपटकको कार्यक्रम खासै सुखद भने नरहेको सहभागी राइडरहरुले बताए ।
राइडर सन्तोष कार्कीप्रति हार्दिक श्रद्धाञ्जली ।
रोयल इन्फिल्डले आफ्नो इतिहासकै सबैभन्दा ठूलो र शक्तिशाली मोटरसाइकल, रोयल...
काठमाडौं – हार्टफोर्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक इग्निसन...
काठमाडौं – भारतमा केही अघि लन्च भएको र इन्डियन मोटरसाइकल अफ द इयर २०२१...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...