सिट्रोनका सबै गाडीमा सेफ्टी फिचरको रुपमा ६ एयरब्याग समावेश हुने
सवारी साधन निर्माता कम्पनीहरूले आफ्ना कारमा ठूला परिवर्तनहरू ल्याइरहेका...
अटोमोबाइल सेक्टरमा इलेक्ट्रिक कारको लोकप्रियता दिनानुदिन बढ्दै गएको छ ।
इलेक्ट्रिक कारमा चार्जिङको लागि बढि समय लाग्ने र इमरजेन्सीको समयमा प्रयोग गर्न कठिन भएको कारणले गर्दा इलेक्ट्रिक कारको प्रयोग गर्न नरुचाउनेहरु पनि छन् । विभिन्न अटो कम्पनीले यसको लागि सोलार प्यानलको प्रयोग गर्न थालेका छन् ।
अप्टेरा मोटर्स कोर्पले पहिलो पटक सोलार पावर्ड इलेक्ट्रिक कार लन्च गरेको छ । जसको नाम अप्टेरा प्याराडाइम राखिएको छ । यो थ्री ह्वीलर इलेक्ट्रिक कार हो जसको डिजाइन निकै युनिक बनाइएको छ । सो कारले ३.५ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घन्टाको रेन्ज प्रदान गर्छ, साथै सो कारको टप स्पिड १७७ किलोमिटर प्रति घन्टा रहेको छ ।
सो कारमा २०.५ केडब्ल्युएच देखि १००.० केडब्ल्युएचको ब्याट्री जडान गरिएको छ । सो इलेक्ट्रिक कारले फरक फरक मोडलमा १३४ बीएचपी देखि २०१ बीएचपीको पावर जेनेरेट गर्छ । सो कारमा सोलार प्यानल जडान गरिएको छ । सो इलेक्ट्रिक कारले एक पटकको फुल चार्जमा १६०० किलोमिटरको रेन्ज प्रदान गर्छ । सो कारको प्रि अर्डर पनि सुरु गरिएको थियो र २४ घन्टामा नै सोल्ड आउट भएको थियो ।
क्यालिफोर्नियाको स्टार्ट अप कम्पनी हम्बल मोटर्सले पनि एसयूभी हम्बल वान तयार पारेको छ । सो कारमा पनि सोलार पावर्ड समावेश गरिएको छ । जसको प्रयोगले कारको ब्याट्री चार्ज हुन्छ । हम्बल वानमा ब्याट्री चार्ज गर्नको लागि सोलार रुफ, इलेक्ट्रिसिटी जेनरेटिङ साइड लाइट, पियर टु पियर चार्जिङ, रि जेनरेटिभ ब्रेकिङ र फोल्ड आउट सोलार ऐयर विंग्स समावेश गरिएको छ ।
सवारी साधन निर्माता कम्पनीहरूले आफ्ना कारमा ठूला परिवर्तनहरू ल्याइरहेका...
सन् २०२५ को डिसेम्बर महिनामा युरोपेली संघ (ईयू) मा पहिलोपटक विद्युतीय कार...
हिरोले फेस्टिभ सिजनको अवसरमा हिरोको नयाँ इलेक्ट्रिक स्कुटर भिडा आज भारतमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...