सुजुकी अर्टिगा अब टोयोटा अर्टिगा बन्ने, अगस्तमा लन्च हुने

हाल मारुती सुजुकीले बिक्री गरिरहेको मल्टी परपोज भेइकल (एमपीभी) अर्टिगा अब टोयोटाको ब्याज सहित आउने भएको छ । यसको नाम अब टोयोटा अर्टिगा हुनेछ । रिब्याज भर्सनलाई अब टोयोटाले सम्भवतः आगामी अगस्त सम्म भारतीय बजारमा उतार्ने छ ।

टोयोटा अर्टिगालाई मारुती सुजुकी अर्टिगा भन्दा फरक देखाउनका लागि यसको एक्सटेरियरमा सामान्य परिवर्तन गरिने छ । यसमा नयाँ ग्रिल पनि सामेल गरिने छ ।

टोयोटाले सायद यसको नाम पनि नयाँ राख्ने छ र भारतीय लाइनअपमा यो इनोभा क्रिस्टा भन्दा तल हुनेछ । हाल भारतीय बजारमा सुजुकी अर्टिगाको मूल्य ७ लाख ७० हजार भारु छ । नेपाली बजारमा यसको मूल्य ४१ लाख २९ हजार र ४५ लाख २९ हजार रुपैयाँ छ ।

आगामी दिनमा नयाँ टोयोटा ब्याज सहितको अर्टिगा पनि आकर्षक स्ट्यान्डर्ड वारेन्टीका साथ आउने अनुमान गर्न सकिन्छ । भारतीय बजारमा लन्च पश्चात नेपाली बजारमा पनि आउने सम्भावना हुन्छ ।

टोयोटा अर्टिगामा पावरका लागि १.५ लिटरको माइल्ड हाइब्रिड पेट्रोल इन्जिन हुनेछ, जसले १०४.७ पीएस पावर र १३८ एनएम टर्क जेनेरेट गर्छ ।

विगत २ वर्ष यता अन्तर्राष्ट्रिय बजारमा सुजुकी र टोयोटाले सहकार्य गरिरहेका छन् । यो भन्दा पहिले टोयोटा ग्लेन्जा र टोयोटा अर्वन क्रुजर पहिले देखि नै बिक्री भइरहेको छ ।

सम्बन्धित समाचारहरू

सुजुकीको नयाँ क्रसओभर फ्रंक्स, यस्तो छ विशेषता

सुजुकीको नयाँ क्रसओभर फ्रंक्स, यस्तो छ विशेषता

मारुती सुजुकीले भारतमा जारी अटो एक्सपो २०२३ मा नयाँ क्रसओभर फ्रंक्स...

११ लाख भारुमै लन्च भयो सुजुकी ई–भिटारा, नेपालमा छिट्टै बिक्री थालिने

११ लाख भारुमै लन्च भयो सुजुकी ई–भिटारा, नेपालमा छिट्टै बिक्री थालिने

मारुती सुजुकीले इलेक्ट्रिक एसयूभी ई-भिटारा आधिकारिक रूपमा लन्च गरेको छ ।...

गाडी बिग्रिएर समस्यामा परेका ग्राहकलाई सर्भिस दिन सुजुकीले ल्यायो ‘वर्कशप अन ह्विल’

गाडी बिग्रिएर समस्यामा परेका ग्राहकलाई सर्भिस दिन सुजुकीले ल्यायो ‘वर्कशप अन ह्विल’

सुजुकी गाडी प्रयोग गर्ने ग्राहकले अब घरमै सर्भिस भ्यान बोलाएर सेवा लिन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...