यही वर्ष आउँदै छन् अल्काजार देखि स्कोर्पियो ७ सिटर एसयूभी सम्म

भारतमा लकडाउन पछि अटोमोबाइलले चाँडै रिकभरी गरेको छ । यो वर्ष कार निर्माता कम्पनीले भारतमा नयाँ कार लन्च गर्ने योजना बनाइरहेका छन् ।

भारतमा लन्च भएका अधिकांश गाडी नेपाली बजारमा पनि छिट्टै नै आउने गरेका छन् । नेपाली बजारमा समेत यही वर्ष यी गाडी आउन सक्छन् ।

हुन्डाई अल्काजार
हुन्डाईले आधिकारिक रुपमा हुन्डाई अल्काजार कारको पर्दा हटाइएको छ । सो एसयूभी केही महिनामा बिक्रीको लागि तयारीमा रहेको छ । जसको मूल्य ११ लाख ५० हजार भारु रहेको छ । सो एसयूभी ६ सिटर एडिसन र ७ सिटरमा प्रस्तुत गरिनेछ । अल्काजारमा २.० लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिन समावेश गरिएको छ । पेट्रोल इन्जिनले १५९ पीएसको पावर जेनेरेट गर्छ र डिजेल इन्जिनले ११५ पीएसको पावर जेनेरेट गर्छ ।

महिन्द्रा एक्सयूभी७००
महिन्द्रा भारतीय बजारको लागि एक्सयूभी५०० को नयाँ जेनेरेसनमा काम गरिरहेको छ । जसलाई कैयौ पटक परीक्षणको समयमा देखिएको छ । कम्पनीले एक्सयूभी७०० यही वर्ष लन्च गर्ने तयारीमा रहेको छ ।

नयाँ एक्सयूभी७०० मा २.२ लिटर एमहक डिजेल इन्जिन समावेश गरिएको छ । जसले १८० हर्सपावरको क्षमता प्रदान गर्छ । जबकि एसयूभीको साथमा २.० लिटर पेट्रोल इन्जिन पेश गरिनेछ जसले १९० हर्सपावर र ३८० एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिन ६ स्पिड म्यानुअल र ६ स्पिड टर्क कन्वर्टर अटोमेटिक ट्रान्समिसनमा प्रस्तुत गरिनेछ ।

नयाँ जेनेरेसन महिन्द्रा स्कोर्पियो
महिन्द्राको नयाँ एक्सयूभी७०० को साथै नयाँ जेनेरेसन स्कोर्पियो पनि पाइपलाइनमा रहेको छ । जसको तस्विर परीक्षणको समयमा देखा परेको थियो । नयाँ स्कोर्पियोको इन्टेरियर र एक्सटेरियर नयाँ डिजाइनको हुनेछ । नयाँ स्कोर्पियोमा पुरानो मोडलको तुलनामा बढी डाइमेन्सन हुनेछ । नयाँ स्कोर्पियोमा एक्सयूभी७०० मा जस्तै दुई इन्जिनको विकल्प हुनेछ । सो एसयूभी २०२१ को मध्यमा लन्च गर्ने सम्भावना रहेको छ ।

महिन्द्रा बोलेरो नियो
२०२० मा महिन्द्राले टीयूभी३०० भारतीय बजारमा बन्द गरेको थियो । कम्पनीले सो कार बीएस६ एडिसनको साथमा भारतमा पुनः लन्च गर्ने योजना बनाएको छ । जसमा अपडेट स्टाइलको साथमा नयाँ नाम हुनेछ । यसको नाम कम्पनीले महिन्द्रा बोलेरो नियो राखेको छ ।

सो एसयूभीमा १.५ लिटर टर्बाे डिजेल इन्जिन समावेश गरिनेछ । जसले १०० पीएस र २४० एनएमको टर्क जेनेरेट गर्छ । सो कार ५ स्पिड म्यानुअल र ५ स्पिड एएमटीको साथमा उपलब्ध हुने अनुमान गरिएको छ ।

किया सेल्टोस बेस्ड एमपीभी/केवाई–७
किया मोटर्स इन्डियाले भारतीय बजारमा एमपीभी र एसयूभी विस्तार गर्ने योजना बनाएको छ । कम्पनीले हाल नयाँ ७ सिटर एमपीभीमा काम गरिरहेको छ । सो एसयूभी सेल्टोस एसयूभीको समान प्लेटफर्ममा आधारित हुनेछ ।

रिपोर्ट अनुसार किया एमपीभी अंग्रेजी वर्षको अन्तमा लन्च गर्ने सम्भावना रहेको छ । जसको प्रतिस्पर्धी महिन्द्रा मराजो हुनेछ । किया एमपीभी सम्भवतः १.५ लिटर पेट्रोल इन्जिन (११५ पीएस र १४४ एनएम) र १.५ लिटर टर्बाे डिजेल इन्जिन (११५ पीएस र २५० एनएम) को साथमा उपलब्ध हुनेछ । सो इन्जिन क्रेटा र सेल्टोस दुबैमा उपलब्ध रहेको छ ।

सम्बन्धित समाचारहरू

हुन्डाईको ग्लोवल -यांकिङमा अझै सुधार, २४.६ अर्ब डलरको रेकर्ड ब्रान्ड मूल्यांकन

हुन्डाईको ग्लोवल -यांकिङमा अझै सुधार, २४.६ अर्ब डलरको रेकर्ड ब्रान्ड मूल्यांकन

हुन्डाई मोटर कम्पनीले २४.६ अर्ब डलरको रेकर्ड ब्रान्ड मूल्यांकन हासिल...

४ टिप्स : होलीमा कारलाई रङबाट यसरी राख्नुस् सुरक्षित

४ टिप्स : होलीमा कारलाई रङबाट यसरी राख्नुस् सुरक्षित

रङहरुको पर्व होली आइपुगेको छ । मानिसहरूले यो विशेष अवसरलाई आफ्नै तरिकाले...

१८ भन्दा बढी ‘फर्स्ट–इन–सेग्मेन्ट’ फिचर भएको हुन्डाई एक्स्टर नेपाली बजारमा

१८ भन्दा बढी ‘फर्स्ट–इन–सेग्मेन्ट’ फिचर भएको हुन्डाई एक्स्टर नेपाली बजारमा

काठमाडौं– हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...