फुल चार्जमा ८०० किलोमिटर दुरी तय गर्ने विश्वको पहिलो सौर्य उर्जाबाट चल्ने एसयूभी

विश्वका अधिकांश सवारी साधन निर्माता कम्पनीहरु इलेक्ट्रिक भेइकलमा केन्द्रित रहेका छन् । यद्यपि केही चिन्ता भने अहिले पनि रहेको छ । किनकि इलेक्ट्रिक कार बिजुलीबाट चल्छ र अधिकांश बिजुली जीवाश्म इन्धनबाट चलेको हुन्छ । इलेक्ट्रिक कार वृद्धिसँगै बिजुलीको खपत पनि बढी हुन्छ । यसको लागि बिजुलीको उत्पादनमा पनि विशेष ध्यान दिनु पर्ने हुन्छ ।

केही कम्पनीले यस्तो इलेक्ट्रिक कार बनाउन लागेका छन्, जसलाई चार्ज गर्नको लागि चार्जिङ इन्फ्रास्ट्रक्चरको आवश्यकता पर्दैन । यस्ता कारले आवश्यक बिजुली आफै उत्पादन गर्छ ।

क्यालिफोर्नियाको स्टार्टअप कम्पनी हम्बल वानले इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ, जसको ब्याट्री सोलार प्यानलबाट चार्ज हुन्छ । कम्पनीले सो कारको छतमा सोलार प्यानल जडान गरेको छ । सो ब्याट्री निकै तीव्र गतिमा चार्ज हुन्छ । कारको छतमा जडान गरिएको सो सोलार प्यानल पार्किङमा कार पार्क गर्दा आफै खोलेर आउँछ जसले गर्दा कारको ब्याट्री चार्ज हुन्छ ।

ब्याट्रीमा पर्याप्त चार्ज भइसके पछि सोलार प्यानल स्वतः फोल्ड हुन्छ । सो कारको ब्याट्री १ देखि २ घन्टाको चार्जमा ८० देखि ९० किलोमिटरको दुरी तय गर्छ । कम्पनीका अनुसार हम्बल वान फुल चार्जमा ८०० किलोमिटरको रेन्ज तय गर्ने क्षमता रहेको छ । सो कारले १०२० बीएचपीको पावर प्रदान गर्छ ।

सो एसयूभीको लम्बाई ५०२९ एमएम रहेको छ । यो टोयोटा कोरोला भन्दा अलि लामो छ । सो एसयूभी टेस्ला साइबर ट्रकको तुलनामा केही सानो र ६८० किलोग्राम हल्का रहेको छ । सो कारको कुल तौल १८१४ किलोग्राम रहेको छ ।

हाल हम्बल वान एसयूभी डेभलपमेन्ट स्टेजमा रहेको छ तर भविष्यमा उत्सर्जन मुक्त कारको प्रतिनिधित्व गर्न कम्पनीले दावी गरेको छ । सौर्य उर्जाबाट चल्ने इलेक्ट्रिक कारले रिचार्ज गर्नुका साथै जीवाश्म इन्धनबाट उत्पन्न बिजुलीको निर्भरतालाई पनि यसले कम गर्छ ।

 

सम्बन्धित समाचारहरू

नेपाली बजारमा थपियो अर्को इलेक्ट्रिक स्कुटर ब्रान्ड : कोमाकीका दुई इलेक्ट्रिक स्कुटर उपलब्ध

नेपाली बजारमा थपियो अर्को इलेक्ट्रिक स्कुटर ब्रान्ड : कोमाकीका दुई इलेक्ट्रिक स्कुटर उपलब्ध

काठमाडौं – नेपाली बजारमा भारतीय इलेक्ट्रिक ब्रान्ड कोमाकीका दुई...

गुगल म्याप्सको बर्चस्व तोड्न प्रमुख टेक कम्पनीहरुको सहकार्य : के सम्भव होला ?

गुगल म्याप्सको बर्चस्व तोड्न प्रमुख टेक कम्पनीहरुको सहकार्य : के सम्भव होला ?

हाल विश्वमा सडक प्रयोगकर्ताहरुका लागि गुगल म्याप निकै नै लोकप्रिय छ ।...

कम्प्युटरमा रूपान्तरण हुँदै भविष्यका कार, नयाँ प्रविधिले ड्राइभिङको नयाँ युग सुरु

कम्प्युटरमा रूपान्तरण हुँदै भविष्यका कार, नयाँ प्रविधिले ड्राइभिङको नयाँ युग सुरु

लास भेगासमा आयोजना भइरहेको विश्वकै सबैभन्दा ठूलो प्रविधि प्रदर्शनी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...