नेपाल आयो स्कुटरको एसयूभी ‘रिभर इन्डी’, नाइमा मोबिलिटी एक्सपोमा सार्बजनिक हुने
काठमाडौं–नेपालको विद्युतीय दुई–पांग्रे बजारमा एउटा नयाँ प्रिमियम...
चर्चित मोटोजीपी राइडर भ्यालेन्टिनो रोसीले अब पेट्रोनस यामाहा सेपाङ रेसिङ टिमबाट बाइक कुदाउने छन् । सन् २०२१ को शुरुवात पश्चात उनले यो टिमबाट खेल्ने सम्झौता गत सेप्टेम्बरमै गरेका थिए ।
९ पटकका विश्व च्याम्पियन रोसी सन् २००० यता प्रिमियर क्लासमा सदैव चर्चित छन् । उनी १२५, २५०, ५०० र मोटोजीपी वर्ल्ड च्याम्पियनसिप जित्ने एक मात्र राइडर हुन् । पेट्रोनस यामाहा एसआरटीमा आवद्ध भएर उनले यामाहा वाईजेडआर–एम१ बाइक कुदाउने छन् ।
पेट्रोनस यामाहा एसआरटीमा रोसीका साथ फ्रान्को मर्बिडेली समेत हुने छन् । यो टिममा सहभागी हुन पाएकोमा फेसबुक पेजमार्फत रोसीले खुसी ब्यक्त गरेका छन् ।
यो भन्दा पहिले उनी सन् २००४ देखि २०१० र २०१३ देखि २०२० सम्म यामाहा फ्याक्ट्री रेसिङ टिममा आवद्ध थिए । बीचको समयमा उनी डुकाटीसँग आवद्ध थिए ।
पेट्रोनस यामाहा सेपाङ रेसिङ टिम मलेसियाको प्रतिष्ठित लुब्रिकेन्ट पेट्रोनस र सेपाङ इन्टरनेसनल सर्किटको नामबाट राखिएको हो ।
मलेसियन सरकारको स्वामित्वमा रहेको पेट्रोनस लुब्रिकेन्ट नेपाली बजारमा पनि उपलब्ध छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...