नेपाल आयो स्कुटरको एसयूभी ‘रिभर इन्डी’, नाइमा मोबिलिटी एक्सपोमा सार्बजनिक हुने
काठमाडौं–नेपालको विद्युतीय दुई–पांग्रे बजारमा एउटा नयाँ प्रिमियम...
काठमाडौं– यातायात व्यवस्था विभागले आजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि अनलाइन आवेदन पुनः सुचारु गरेको छ । कोरोना महामारीसँगै २०७६ चैत ११ गतेबाट बन्द भएको लाइसेन्स परीक्षाका लागि विभागले मंगलबारबाट अनलाइन आबेदन सुरु गरेको हो ।
आजबाट सुरु भएको अनलाइन फर्म भर्न र सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि दरखास्त दिने व्यक्तिको निम्न योग्यता हुनुपर्दछ:
– ठूला सवारी साधनका लागि २१ वर्ष पुगेको हुनुपर्छ ।
– साना तथा मझौला सवारीका लागि १८ वर्ष पुगेको हुनुपर्छ ।
– मोटरसाइकल तथा त्यस्तै अन्य सानो २ पाङ्ग्रे सवारीको हकमा १६ वर्ष उमेर पुगेको हुनुपर्छ ।
– छारे रोग भएको वा, बौलाएको वा एकाएक रिंगटा लाग्ने वा मुर्छा हुने किसिमको रोग नभएको व्यक्ति हुनुपर्छ ।
–आँखा देख्ने शक्ति कमजोर भई चश्मा प्रयोग गर्दा पनि सामान्य तवरले देख्ने शक्ति ठीक भएको व्यत्तिः हुनुपर्छ ।
– साधारण ध्वनी, संकेत, आवाज सुन्न सक्ने व्यक्ति हुनुपर्छ ।
– नेपाली भाषामा साधारण लेखढ गर्न सक्ने ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...