रसुवा बाढीप्रति नाडाद्वारा दुःख व्यक्त, क्षति संकलन र केरुङ नाका सहज बनाउन सरकारसँग आग्रह
काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण बाढीबाट टिमुरे,...
काठमाडौं – हाल अस्तित्वमा रहेको जोर विजोर प्रणाली आगामी मंसिर २५ गते देखि नमान्ने
यातायात व्यवसायी तथा मजदुरहरुले चेतावनी दिएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र तीन वटा मजदुर ट्रेड युनियनले गत १८ गते सिसिएमसी र डिसिसिएमसीलाई चिठी काट्दै मंसिर २५ गतेसम्ममा जोर–बिजोर प्रणाली खारेज गर्न अनुरोध गरेका हुन्।
व्यवसायी तथा मजदुर संगठनले माग पूरा नभए २५ गतेदेखि स्वतस्फूर्त रूपमा गाडी सञ्चालन गर्ने चेतावनी दिएका छन्।
जोर(बिजोर प्रणाली गर्दा गाडीमा भिड बढ्ने, कोरोना संक्रमण जोखिन झन् धेरै हुनका साथै मजदुर र व्यवसायी निकै समस्यामा परेको उनीहरूको तर्क छ। जोर विजोर प्रणालीका कारण सवारी साधन सबै चल्न नपाएका र यसले गर्दा झन धेरै संक्रमण बढ्ने उनीहरुको तर्क छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला यी सबैका लागि जोर विजोर प्रणाली हटाउनु पर्ने बताउँछन् । सरकारले अन्य क्षेत्र खुकुलो बनाए पनि जोर विजोर प्रणाली भने अझै कायम राखेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...