वाडा अटो शो २०२५ : पोखरामा टाटाका नयाँ ईभी सार्वजनिक
पाेखरा – चैत १७ सम्म पाेखरामा चल्ने वाडा अटो शो २०२५ को अवसरमा टाटा...
टाटा मोटर्सले जिपट्रोन टेक्नोलोजीको साथमा नयाँ टिगोर इलेक्ट्रिक कार ल्याउने भएको छ । नेक्सन ईभी पछि जिपट्रोन टेक्नोलोजी भएको यो भारतको दोस्रो कार हो । नयाँ टिगोर ईभीलाई कम्पनीको पोर्टफोलियोमा नेक्सन ईभी पछि समावेश गरिएको छ । सो कारको बुकिङ सुरु भइसकेको छ । कारको मूल्य भने ३१ अगस्तमा घोषणा गरिनेछ । नेपालमा पनि यो कार भविष्यमा आउन सक्ने छ ।
जिपट्रोन टेक्नोलोजी भएको टाटा कार हाई भोल्टेज ३०० प्लस भोल्ट स्थायी म्याग्नेट नेक्सन ईभी मोटरको साथमा उपलब्ध रहेको छ । सो मोटर हाल उपलब्ध टिगोर ईभीमा भएको ७२भी एसी इन्डक्सन टाइप मोटर भन्दा पावरफुल रहेको कम्पनीले दावी गरेको छ ।
लुक
नयाँ टिगोर ईभी नयाँ डिजाइनको साथमा पेश गरिएको छ । सो कारको लुक अल्ट्रोज कार जस्तो देखिन्छ । कारमा प्रोजेक्टर युनिटको साथमा स्लिक हेडल्याम्प समावेश गरिएको छ । फ्रन्ट ग्रिल र फ्रन्ट बम्पर पनि अपडेट गरिएको छ । टायरमा निलो रङको एक्सेन्ट समावेश गरिएको छ । जसले सब कम्प्याक्ट सेडानको जिरो एमिसन क्यारेक्टरलाई प्रतिविम्बित गर्छ ।
पावर र स्पिड
जिपट्रोन टेक्नोलोजीले कारलाई आउटगोइङ मोडलको तुलनामा उत्कृष्ट परफर्मेन्स दिन्छ । यसमा आईपी६७ २६केडब्ल्यु लिथियम आयोन ब्याट्री समावेश गरिएको हुन्छ । यसको इलेक्ट्रिक पावरट्रेन ७३.७५ एचपीको पावर र १७० एनएमको टर्क जेनेरेट गर्छ । नयाँ टिगोर ईभी कार ५.७ सेकेन्डमा ० देखि ६० किलोमिटर प्रतिघन्टाको स्पिडमा गुड्ने क्षमता रहेको छ । यसको ब्याट्रीमा थर्मल म्यानेजमेन्टको प्रयोग गरिएको कम्पनीले जानकारी दिएको छ ।
ब्याट्री चार्जिङ
नयाँ टिगोर इलेक्ट्रिकको ब्याट्री फास्ट चार्जर र १५ एम्पियर होम सकेटको मदतले पनि चार्ज गर्न सकिन्छ । फास्ट चार्जरको मदतले यसको ब्याट्री १ घन्टामा ८० प्रतिशतसम्म चार्ज हुन्छ । जबकि होम चार्जरले चार्ज गर्दा ८ घन्टाको समय लाग्छ । नयाँ टिगोर इलेक्ट्रिक कार अटोमेटिक ट्रान्समिसन ड्राइभ र स्पोर्ट्स मोडमा उपलब्ध रहेको छ । कारमा लो–रोलिङ रेसिस्टेन्स टायर चल्छ । जसले १० प्रतिशत कम रेसिस्टेन्स हुन्छ ।
फिचर
नयाँ टिगोर ईभीमा नेक्सन ईभीमा जस्तै ड्यासबोर्ड र सिटमा निलो रङको एक्सेन्ट समावेश गरिएको छ । यसमा हरमन अडियो सिस्टमको ७ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम समावेश गरिएको छ । सो कारमा ३० भन्दा बढिी कनेक्टेड कार फिचर समावेश गरिएको छ । अन्य फिचरको रुपमा इलेक्ट्रिकल्ली एड्जस्टेबल ओआरभीएम, एक साइलेन्ट क्याबिन, अटोमेटिक क्लाइमेट कन्ट्रोल, पुश स्टार्ट बटन समावेश गरिएको छ ।
सेफ्टी फिचर
सो कारमा कैयौ सेफ्टी फिचर समावेश गरिएको छ । यसमा डुअल एयरब्याग, ईबीडीको साथमा एबीएस, कर्नर स्टेबिलिटी कन्ट्रोल, हिल एसेन्ट कन्ट्रोल र हिल डिसेन्ट कन्ट्रोल समावेश रहेको छ । सो कारमा कम्पनीले ८ वर्षको वारेन्टी प्रदान गरेको छ ।
पाेखरा – चैत १७ सम्म पाेखरामा चल्ने वाडा अटो शो २०२५ को अवसरमा टाटा...
नेक्सन र टिगोरलाई इभी भर्सनमा उतारेर लोकप्रिय बनिरहेको टाटा मोटर्सले केही...
टाटाको लोकप्रिय ह्याचब्याक कार टियागो ईभी अपग्रेड भएर आउने मिति नजिकिँदै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...