एकैपटक ८०.७ प्रतिशत बढ्यो बीवाईडीको आम्दानी, सन् २०२३ मा आम्दानीले ग-यो रेकर्ड ब्रेक

चिनियाँ अटो निर्माता कम्पनी बीवाईडीले गत वर्ष भन्दा २०२३ मा ८०.७ प्रतिशत बढी अर्थात ३० बिलियन युआन (४.१६ बिलियन अमेरिकी डलर) खुद आम्दानी गरेर रेकर्ड कायम गरेको छ ।

इलेक्ट्रिक सवारी साधनको बजारमा तीव्र प्रतिस्पर्धा भइरहेको समयमा बीवाईडीले भने आक्रामक रुपमा बजार विस्तार गरिरहेको र नाफा समेत बढाउदै गएको छ ।

बीवाईडीले यो भन्दा पहिले टेस्लालाई समेत उछिनेर इलेक्ट्रिक कार बिक्री गर्ने सबैभन्दा ठूलो कम्पनी बन्न सफल भएको थियो ।

सन् २०२२ को अप्रिलमा ग्यासोलिन कारको उत्पादन बन्द गर्ने र हाइब्रिड तथा इलेक्ट्रिक कार मात्र उत्पादन गर्ने घोषणा बीवाईडीले गरेको थियो ।

बीवाईडीले पछिल्लो समयमा अन्य देशमा समेत ईभी फ्याक्ट्री निर्माण कार्य गरिरहेको छ । यही वर्षको शुरुमा हंगेरीमा समेत ईभी उत्पादन गर्ने घोषणा गरेर युरोपमा प्यासेन्जर कार उत्पादन गर्ने पहिलो चाइनिज कम्पनी बन्ने घोषणा बीवाईडीले गरेको थियो ।

हालै मात्र बीवाईडी ग्रुपले ७० लाख कार उत्पादन गरेर नयाँ माइलस्टोन हासिल गरेको सार्वजनिक भएको थियो ।

ईभी बाहेक ब्लेड ब्याट्रीका लागि समेत बीवाईडी लोकप्रिय छ । सो ब्याट्री टेस्ला, बीएमडब्ल्यु, मर्सिडिज र आउडी जस्ता ग्लोबल अटो मेकरलाई समेत बीवाईडीले उपलब्ध गराइरहेको छ ।

सम्बन्धित समाचारहरू

चर्चित बैंकर अनिल शाहले रोजे बीवाईडी अल न्यु ई६ : भन्छन् – नेपालको इन्धन नेपालीको लागि

चर्चित बैंकर अनिल शाहले रोजे बीवाईडी अल न्यु ई६ : भन्छन् – नेपालको इन्धन नेपालीको लागि

काठमाडौं – चर्चित बैंकर अनिल केशरी शाहले बीवाईडीको अल न्यु ई६ इलेक्ट्रिक...

राइड–हेलिङका लागि बीवाईडीले ल्यायो छुट्टै नयाँ ब्रान्ड, चारवटा मोडल लन्च हुँदै

राइड–हेलिङका लागि बीवाईडीले ल्यायो छुट्टै नयाँ ब्रान्ड, चारवटा मोडल लन्च हुँदै

न्यू ईनर्जी भेहिकलमा विश्व बजारलाई नेतृत्व गरिरहेको बीवाईडीले...

नयाँ मापदण्ड आएपछि भारतीय इभी उत्पादक समस्यामा, उत्पादन प्रभावित हुने चिन्ता

नयाँ मापदण्ड आएपछि भारतीय इभी उत्पादक समस्यामा, उत्पादन प्रभावित हुने चिन्ता

भारत सरकारले इलेक्ट्रिक भेइकलमा प्रयोग हुने व्याट्री र अन्य सामाग्रीको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...