७० लाख न्यु इनर्जी भेइकल उत्पादन गर्ने विश्वकै पहिलो कम्पनी बन्यो बीवाईडी

न्यु इनर्जी भेइकल र पावर ब्याट्रीको क्षेत्रमा विश्वकै सर्वश्रेष्ठ कम्पनी बीवाईडी ७० लाख न्यु इ्नर्जी भेइकल उत्पादन गर्ने विश्वकै पहिलो कार निर्माता कम्पनी बनेको छ ।

कम्पनीको चीनस्थित जिनान फ्याक्ट्रीमा उत्पादित डेन्जा एन७ सार्वजनिक गरेर बीवाईडीले ब्रान्डको लागि यो ऐतिहासिक उपलब्धि हासिल गरेको बताएको छ । बीवाईडीको प्रिमियम ब्रान्ड डेन्जाको सो अपडेटेड भर्सन आगामी अप्रिल १ मा लन्च गरिने समेत वेबो पोस्टमा जनाइएको छ ।

बीवाईडी अटोमोटिभ उद्योगमा सन् २००३ मा प्रवेश गरेको थियो र पहिलो न्यु इनर्जी भेइकल २००८ मा बिक्री गरेको थियो । अहिले भने यसले दर्जनौ मोडल बिक्री गर्दै आएको छ ।

बीवाईडीले सन् २०२१ मा १० लाख सवारी साधन उत्पादन गरेको थियो भने त्यसपछिको १८ महिनामै तीनगुणा पु¥याएको थियो । त्यसपछिको ९ महिनामा ५० लाख र फेरि ७ महिनामै ७० लाख उत्पादन पु¥याउन सफल भएको हो ।

२०२१ को मे महिनामा १० लाख, २०२३ को अगस्टमा ५० लाख र अहिले ७० लाख सवारी साधन उत्पादन भएको हो ।

डेन्जा २०११ को फेब्रुअरीमा बीवाईडी र डेम्लरको संयुक्त लगानीमा स्थापित कम्पनी हो । पहिले ५० प्रतिशत मात्र स्वामित्व रहेकोमा हाल यसमा बीवाईडीको ९० प्रतिशत स्वामित्व छ ।

सन् २०२३ जुलाई ३ मा डेन्जा एन७ पहिलो पटक लन्च भएको थियो र यसलाई टेस्ला मोडल वाईको प्रतिस्पर्धी मानिन्छ ।

सम्बन्धित समाचारहरू

पेरिस अटो शोमा सार्वजनिक हुँदै जीएसी एयोन भी, युरोपमै कार उत्पादन गर्ने योजना

पेरिस अटो शोमा सार्वजनिक हुँदै जीएसी एयोन भी, युरोपमै कार उत्पादन गर्ने योजना

चीनको सरकारी स्वामित्वमा रहेको कार निर्माता कम्पनी जीएसीले युरोपमै ईभी...

चार्जिङ नेटवर्क विस्तारमा आक्रामक बन्दै सीजी मोटर्स, देशकै ठूलो नेटवर्क बन्दै

चार्जिङ नेटवर्क विस्तारमा आक्रामक बन्दै सीजी मोटर्स, देशकै ठूलो नेटवर्क बन्दै

काठमाडौं – नेपालमा किङलङ र केवाईसी लगायतका इलेक्ट्रिक सवारी साधन उपलब्ध...

टाटा टियागो.ईभीमा अहिलेसम्मकै आकर्षक अफर घोषणा

टाटा टियागो.ईभीमा अहिलेसम्मकै आकर्षक अफर घोषणा

काठमाडौं – टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...