होलीमा ७८४ सवारी साधन होल्ड, १४७ चालक नियन्त्रणमा

काठमाडौं – फागु पूर्णिमा (होली) लाई लक्षित गरी काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको विशेष चेकिङको क्रममा ७ सय ८४ ओटा सवारी साधनलाई होल्ड गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।

होली पर्वलाई मर्यादित एवं सुरक्षित बनाउने उद्देश्यले काठमाडौँ उपत्यकाका विभिन्न स्थान तथा नाकासहित ९० स्थानमा गरिएको विशेष चेकिङको क्रममा सवारी साधनलाई होल्ड गरिएको थियो । होली पर्व मनाउने बहानामा मोटसाइकलमा तीनजना चढ्ने, हेलमेट नलगाउने, तिव्रगतीमा सवारी साधन चलाउने, सवारी चालक अनुमतिपत्र साथमा नराखी सवारी साधन चलाउने लगायत अन्य ट्राफिक नियम उलंघन गर्ने ७६९ ओटा दुई पाङ्गे र १५ ओटा चार पाङग्रे सवारी साधनहोल्ड भएका हुन् । जसमा मदिरा पिएर सवारी साधन चलाउँने १ सय ३५ जना चालक रहेका थिए ।

होल्ड गरिएका सवारी साधनलाई बेलुकी साढे ६ बजेपछी चालकले ट्राफिक नियम उलंघन गरेअनुसारको उल्लेखित कारबाही गरेर छाडिएको प्रवक्ता श्रेष्ठले बताए।

होली पर्वलाई नै लक्षित गरी नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमाकाठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय,लागुऔषध नियन्त्रण व्युरो र स्थानीय प्रहरीको संयुक्त टोलिले विभिन्न स्थानमा गरेको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने १२ जना चालकलाई समेत नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आएका सबैजनालाई आवश्यक कारवाहीको लागि सम्बन्धित प्रहरी कार्यालयहरुमा पठाइएको छ ।

होलीलाई सुरक्षित, मर्यादित र उल्लासमय बनाउनको लागि उपत्यकाका तीनै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी परिचालन गरि चेकजाँचलाई कडाई गरेकाले सवारी दुर्घटनामा कमि आएको प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए।

विगतका पर्वहरूमा भन्दा अझ बढी सुरक्षित र व्यवस्थित बनाउनका साथै सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यका लगायत उपत्यका प्रवेश गर्ने नाकाहरुमा बिहानैबाट काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौं, भक्तपुर साथै ललितपुर प्रहरीको सक्रियता तथा निगरानीका कारण हर्षोल्लासका साथ सर्वसाधरणमा होली मनाउने वातावरण सृजना भएको समेत प्रवक्ता श्रेष्ठले बताए ।

सम्बन्धित समाचारहरू

दुर्घटना न्यूनीकरणमा ट्राफिकको सक्रियता : २४सै घण्टा खट्दै प्रहरी, चेकिङ बढाइने

दुर्घटना न्यूनीकरणमा ट्राफिकको सक्रियता : २४सै घण्टा खट्दै प्रहरी, चेकिङ बढाइने

काठमाडौं – सवारी दुर्घटना न्युनीकरण गर्न आफूहरु दिनरात खटिएको महानगरीय...

अब १५० सीसीका मोटरसाइकल समेत आयात गर्न नपाइने, लम्बियो प्रतिबन्ध

अब १५० सीसीका मोटरसाइकल समेत आयात गर्न नपाइने, लम्बियो प्रतिबन्ध

काठमाडौं – अब १५० सीसी सम्मका मोटरसाइकल समेत आयात गर्न नपाइने भएको छ ।...

सुरक्षित दूरी : नदेखिने समयले जोगाउने जीवन

सुरक्षित दूरी : नदेखिने समयले जोगाउने जीवन

नेपालका सडकहरूमा बढ्दो सवारी दुर्घटनाको एउटा गम्भीर तर कम चर्चा हुने कारण...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...