तपाईको कार बेच्ने समय भयो कि ? यस्तो दिन सक्छ संकेत
लामो समयसम्म कारको उपभोग गरेमा यसले हजारौं रुपैयाँ मर्मत सम्भारमा खर्च...
सन् १९४८ को जुन ८ अर्थात ७५ वर्ष पहिले विश्व प्रसिद्ध ब्रान्ड पोर्श (Porshce) को पहिलो कार सार्वजनिक भएको थियो । यसैलाई नै पोर्शको पहिलो जन्मोत्सव मानिन्छ ।
पोर्शको इतिहास यसका संस्थापक फर्डिनान्ड पोर्शबाट शुरु हुन्छ । उनी एक अटोमोटिभ इन्जिनियर थिए, जसको ध्यान इनोभेटिभ र हाई पर्फमेन्स भेइकल निर्माणमा केन्द्रीत थियो ।
सन् १९०० को प्रारम्भतिर उनी डिजाइनमा केन्द्रीत रहे र पहिलो हाइब्रिड भेइकलको रुपमा लोनर–पोर्श उपलब्ध गराए । यो पहिलो ग्यासोलिन–इलेक्ट्रिक हाइब्रिड भेइकल थियो ।
सन् १९३१ मा उनले आफ्ने इन्जिनियरिङ कार्यालय स्थापना गरे र पछि यो पोर्श एजीको रुपमा विकास भयो । सन् १९३० को दशकमा उनी विभिन्न अटोमोटिभ कार्यमा संलग्न रहे, जस मध्ये नाजी शासनमा बनेको फक्सवागन बिटलको डिजाइनमा समेत उनी संलग्न रहेका थिए ।
यद्यपि दोस्रो विश्व युद्ध पश्चात मात्र पोर्श स्पोर्ट्स कारको लिगेसी प्रारम्भ भएको थियो । सन् १९४७ फर्डिनान्डका छोरा फेरी पोर्शले पारिवारिक नाममा स्पोर्ट्स कार विकास गर्ने भिजन ल्याए । पर्फमेन्स, ह्यान्डलिङ र फरक डिजाइन इलिमेन्ट सहितको कार बजारमा उपलब्ध गराउने उनको चाहना थियो । यसैको परिणाम स्वरुप नै पोर्श एजीको पहिलो प्रोडक्सन मोडलको रुपमा ३५६/१ को विकास भयो ।
पोर्श ३५६/१ को प्रोटोटाइप हलुका, टु–डोर स्पोर्ट्स कुपे थियो । यसमा रियर–माउन्टेड, फोर सिलिन्डर एयरकुल्ड इन्जिन थियो। जुन फक्सवागन टाइप १ बाट लिइएको थियो । हेर्दा सामान्य भए पनि यसले भविष्यको लागि निकै नै मार्गदर्शन गरेको थियो ।
ट्युवुलर स्टिल च्यासिस र आल्मुनियम फ्रेममा बनेको पोर्श ३५६/१ पछि बल्ल अरु सवारी साधन बनेका थिए ।
आज पोर्श विश्वको एक महत्वपूर्ण स्पोर्ट्स कार निर्माता कम्पनीको रुपमा लोकप्रिय छ । हाल पोर्शका ९११, बक्स्टर, केम्यान, प्यानामेरा, मकान र केयान जस्ता लोकप्रिय स्पोर्ट्स कार विश्वमै प्रसिद्ध छन् । तर ती सबैको फाउन्डेसन भने जुन ८, १९४८ नै मानिन्छ ।
लामो समयसम्म कारको उपभोग गरेमा यसले हजारौं रुपैयाँ मर्मत सम्भारमा खर्च...
काठमाडौं । यातायात व्यवस्था विभागको ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’...
नादिया खार पाकिस्तानी मुलकी युट्युबर, सोसल मिडिया इन्फ्लुएन्सर र मोडल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...