उत्कृष्ट लक्जरी फिचरले भरिपूर्ण ७०० किमी रेन्ज दिने औडीको इलेक्ट्रिक कार आउँदै

लक्जरी कार निर्माता कम्पनी औडीले कन्सेप्ट इलेक्ट्रिक कार औडी ए६ एभेन्ट ई–ट्रोन सार्वजनिक गरेको छ । सो इलेक्ट्रिक कारको उत्पादन पछि कम्पनी लक्जरी इलेक्ट्रिक कारको सेग्मेन्टमा प्रवेश गर्नेछ ।

कम्पनीले यो भन्दा पहिले औडी ए६ ई–ट्रोन कन्सेप्ट सार्वजनिक गरेको थियो, जसले फुल चार्जमा ६४३ किलोमिटरको ड्राइभिङ रेन्ज दिने दाबी गरेको थियो । अब भने औडी ए६ एभेन्ट ई–ट्रोन सार्वजनिक गरिएको हो ।

नयाँ औडी ए६ एभेन्ट ई–ट्रोनमा अग्लो छत र लामो फ्रन्ट ओभरह्याङ दिएको छ, जसमा लामो बडी प्रयोग गरिएको छ । साथै यसमा सिंगल फ्रेम ग्रिल दिइएको छ, जसमा फ्ल्याट हेडलाइट बेजेल देख्न सकिन्छ ।

कारमा कम्पनीले ब्रेक र पावरट्रेनलाई चिसो पार्न एयर इन्टेक पनि दिएको छ । नयाँ औडी ए६ एभेन्ट ई–ट्रोनको फ्रन्ट कम्पनीका अन्य ई–ट्रोन मोडलहरू जस्तै राखिएको छ । यसमा सिग्नेचर हेक्सागोनल फ्रन्ट ग्रिलसहितको बडी प्लेट दिइएको छ ।

यसका साथै कारको फ्रन्ट ग्रिलको दुबै छेउमा म्याट्रिक्स एलईडी हेडलाइटहरू जडान गरिएको छ भने रियरमा एलईडी टेललाइटहरू जडान गरिएको छ । सो कारमा १०० केडब्ल्युएचको ब्याट्री प्याक प्रयोग गरिएको छ ।

सो इलेक्ट्रिक कारले एकै पटक चार्जमा लगभग ७०० किलोमिटरको ड्राइभिङ रेन्ज प्रदान गर्ने दावी गरिएको छ । यसलाई २७० केडब्ल्यु पावर स्रोतबाट चार्ज गर्न सकिन्छ, जसले १० मिनेटको चार्जमा ३०० किलोमिटरको रेन्ज दिने दाबी गरिएको छ ।

रिपोर्टका अनुसार सो इलेक्ट्रिक कार युरोपियन युनियन र अमेरिकामा मात्रै लन्च गरिने छ ।

सम्बन्धित समाचारहरू

परीक्षणको क्रममा देखियो सिट्रोन ईसी३ को साइन भेरिएन्ट, अर्को साता नेपालमा लन्च हुँदै

परीक्षणको क्रममा देखियो सिट्रोन ईसी३ को साइन भेरिएन्ट, अर्को साता नेपालमा लन्च हुँदै

काठमाडौं – सिट्रोनको इलेक्ट्रिक कार ईसी३ साइन परीक्षणको क्रममा नेपाली...

नक्सालमा खुल्दै प्रिमियम ईभी स्काइवेलको शोरुम

नक्सालमा खुल्दै प्रिमियम ईभी स्काइवेलको शोरुम

काठमाडौं – अटोमोबाइल हबको रुपमा परिचित नक्सालमा अब प्रिमियम ईभी...

फेस्टिभल सिजनमा आइएमईले बेच्यो १०० भन्दा बढी युनिट राफ्ट इलेक्ट्रिक स्कुटर

फेस्टिभल सिजनमा आइएमईले बेच्यो १०० भन्दा बढी युनिट राफ्ट इलेक्ट्रिक स्कुटर

काठमाडौं – आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई इलेक्ट्रिकले यो वर्षको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...