ट्रायल परिक्षामा ७० अंक ल्याए पास हुने प्रणाली अव सातै प्रदेशमा लागु हुने

सवारी चालक अनुमतिपत्रका लागी दिइने ट्रायल परिक्षामा ७० अंक ल्याए पास हुने प्रणाली लागु गर्न सातै प्रदेशका यातायात मन्त्रि सहमत भएका छन् । यो प्रणली लागु गर्न निर्देशिका बनेको झन्डै दुई बर्षपछि कार्यान्वयनमा ल्याउन उनीहरु सहमत भएका हुन् । यससंगै यो प्रणाली अव सातवटै प्रदेशमा लागु हुने भएको छ ।

संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईको नेतृत्वमा सातै प्रदेशका यातायात मन्त्री सहित बसेको बैठकले सवारी चालक अनुमतिपत्र परिक्षा निर्देशका २०७७ सबै प्रदेश कार्यालयहरुले अनिवार्य कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

सातै प्रदेशका मन्त्रीहरुको सयुक्त बैठकले अंक प्रणाली कार्यान्वयनमा आए यातायात विचौलिया हट्ने र सडक सुरक्षाको निम्ती पनि कुनै खतरा नहुने निष्कर्ष निकालेको छ । अंक प्रणाली लागू भए भिडभाडको अत्य हुने, सडक सुरक्षाको बिषयमा खतरा नहुने र विचौलियाको अन्त्य हुने निष्कर्ष निस्किएपछि उनीहरु यो प्रणालीलाई छिट्टै कार्यान्वयन गर्न सहमत बनेका हुन् ।

यातायात व्यवस्था विभागले करिब एक बर्ष लगाएर लाइसेन्स परिक्षा निर्देशिका जारी गरेको थियो । जसमा १०० पुर्णाङ्कमा ७० अंक ल्याए ट्रायल परिक्षा पास हुने व्यवस्था छ । तर, यो प्रणाली गण्डकी प्रदेशले मात्रै कार्यान्वयनमा ल्याए पनि अन्य प्रदेशले भने आनाकानी गर्दै आएका थिए ।

बैठकमा संघीय भौतिक पूर्वाधार तथा यातयात मन्त्री मोहम्मद इस्तियाक राई, सुदुरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ बहादुर सोडारी, कर्णली प्रदेशका पदम महादुर रोकाया, लुम्बिनी प्रदेशका यातायात मन्त्री पूर्मती ढेगा सहभागी थिए । त्यस्तै गण्डकी प्रदेशका मन्त्री कुमार खड्का, बाग्मती प्रदेश यातायात मन्त्री घनश्याम दहाल, मधेस प्रदेशका मन्त्री रामसरोज यादव, प्रदेश १ का यातायात मन्त्री उपेन्द्र प्रसाद घिमिरे सहभागी थिए ।

सम्बन्धित समाचारहरू

फ्रान्समा १७ वर्षको उमेरमै ड्राइभिङ लाइसेन्स पाइने

फ्रान्समा १७ वर्षको उमेरमै ड्राइभिङ लाइसेन्स पाइने

फ्रान्स सरकारले सन् २०२४ मा १७ वर्ष उमेर पुगेकाहरुले ड्राइभिङ लाइसेन्स...

अब अनलाइनबाटै बागमती प्रदेशका पटके सवारी रुट इजाजतपत्र लिन सकिने

अब अनलाइनबाटै बागमती प्रदेशका पटके सवारी रुट इजाजतपत्र लिन सकिने

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले पटके...

लाइसेन्स वितरणमा अनियमितता, हजारौ अबैध लाइसेन्स बाँडिएको खुलासा

लाइसेन्स वितरणमा अनियमितता, हजारौ अबैध लाइसेन्स बाँडिएको खुलासा

काठमाडौं । यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...