डिएफएसके ग्लोरी आई–अटोमा ६ लाख रुपैयाँ नगद छुट, यस्तो छ ७ सिटर यो एसयूभी

डिएफएसके गाडीको नेपालका लागि आधिकारीक वितरक कुजु नेपाल प्रालिले ग्लोरी आई–अटोको खरिदमा ६ लाख रुपैयाँ नगद छुट दिने भएको छ । ९३ लाख रुपैयाँ मूल्य निर्धारण गरिएको यो ७ सिटर एसयूभीलाई ग्राहकले छुट सहितको सुविधामा ८७ लाख रुपैयाँमै खरिद गर्न सक्नेछन् ।

२ वर्षअघि नेपाल भित्रिएको यो एसयूभीको मूल्य तत्कालिन समयमा ८९ लाख ५० हजार कायम गरिएको थियो । पछि मूल्य समायोजन हुँदै जाने क्रममा हाल यसको मूल्य ९३ लाख रुपैयाँ पुगेको हो । यो अफर सिमित समय अबधीका लागी मात्र लागु गरिएको कम्पनीले बताएको छ । नगद छुटको अतिरिक्त ग्राहकले एक वर्षको रोड ट्याक्स समेत निशुल्क पाउनेछन् ।

१.५ लिटर टर्बो चाज्र्ड पेट्रोल इन्जिन जडान गरिएृको यो एसयूभीको अधिकतम पावर १५० पीएस र टर्क २२० एनएम रहेको छ । यसमा ६ स्पिड सिभिटी ट्रान्समिसन दिइएको छ । इन्टेलीजेन्ट एसयूभीका रुपमा समेत परिचित यो एसयूभीमा आईटक नामको एस भ्वाइस कमाण्डको विशेषता पाउन सकिन्छ । यसको सहायताले हाई ग्लोरी कमाण्ड दिएर गाडीलाई १ सय भन्दा बढी कार्य गराउन सकिन्छ ।

यो एसयूभीको एक्सटेरियरमा १८ इन्चको अलोय ह्वील, अगाडि र पछाडि दुबैतर्फ एलइडी लाइट, दुईवटा एग्जस्ट पाईप, पानारोमिक सनरुफ जस्ता फिचर्स दिइएको छ । किलेस इन्ट्री, गाडीको स्टार्ट बन्द गरेपछि आफै फोल्ड हुने ओआरभीएम तथा रेन सेन्सिङ अटो वाइपर जस्ता फिचर समेत सामेल गराइएको छ ।

ग्लोवल एनक्यापले गरेको क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको यो एसयूभीमा सुरक्षाका लागि अगाडि ४ वटा एयरव्याग, चारै चक्कामा डिस्क ब्रेकको प्रयोग गरिएको छ । यस एसयूभीमा आधुनिक इलेक्ट्रिक स्टेबीलीटी प्रोग्राम (इएसपी) ब्रेकिङ सिस्टम दिइएको छ । जसमा एबिएस, इबीडी तथा इबीए (इमेर्जेन्सी ब्रेक असिस्ट) जस्ता फिचरहरुको सहायताले गाडीलाई सुरक्षित बनाएको छ ।

सम्बन्धित समाचारहरू

लेभ्निङ इलेक्ट्रिक स्कुटर किन्दा ३२ इन्चको टीभी उपहार

लेभ्निङ इलेक्ट्रिक स्कुटर किन्दा ३२ इन्चको टीभी उपहार

काठमाडौं – नेपालका लागि लेभ्निङ इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक ईभी...

चाइनिज ईभीले पायो ‘जापान ईभी अवार्ड २०२४’

चाइनिज ईभीले पायो ‘जापान ईभी अवार्ड २०२४’

चाइनिज ईभी निर्माता कम्पनी बीवाईडीले जापानको ईभी बजारमा महत्वपूर्ण...

नेपाली बजारमा भित्रियो अर्को सब–कम्प्याक्ट एसयूभी दायुन युइहु

नेपाली बजारमा भित्रियो अर्को सब–कम्प्याक्ट एसयूभी दायुन युइहु

काठमाडौं – नाडा अटो शो २०८१ मा विभिन्न ८ ब्रान्ड प्रदर्शन गरेको सीजी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...