सार्वजनिक सवारीमा बढी यात्रु राख्न नपाइने, मास्क नलगाउनेलाई १० रुपैयाँमा मास्क दिइने
काठमाडौं – सरकारले सार्वजनिक सवारी साधनमा क्षमता भन्दा बढि यात्रु राख्न...
विश्वका ४६ देशहरूमा संचालित ग्लोबल मोबिलिटी र शहरी सेवा प्लेटफर्म इन्ड्राइभ सन् २०२३ मा विश्वको सबैभन्दा धेरै डाउनलोड गरिएको दोस्रो राइड–हेलिङ एप बन्न सफल भएको छ ।
डाटा डट एआईका अनुसार इन्ड्राइभ लगातार दोस्रो वर्ष पनि यो स्थानमा रहन सफल भएको हो । यसको साथै इन्ड्राइभ ट्राभल क्याटेगोरी अन्तर्गत विश्वभरि सबैभन्दा धेरै डाउनलोड गरिएको चौथो एपको रूपमा ¥यांक गर्न सफल भएको छ । गुगल प्ले र एप स्टोर डाटा (चीनमा आईओएस मात्र) अनुसार २०२३ मा इन्ड्राइभ कुल ६ करोड ६६ लाख पटक डाउनलोड भएको हो ।
इन्ड्राइभले आफ्नो मुख्य सेवा राइड सेयरिङ अफरलाई नयाँ देशहरूमा विस्तार गर्दै हालै कुरियर डेलिभरी जस्ता नयाँ सेवाहरू पनि थप्दै विस्तार भैरहेको छ । नेपालमा इन्ड्राइभ सन् २०२२ देखि सञ्चालन भइरहेको छ र अहिले सबैभन्दा लोकप्रिय राइड सेयरिङ सेवाहरू मध्य एक हुन सफल भएको छ । सन् २०२३ मा इन्ड्राइभले अमेरिकाको मायामी र दक्षिण फ्लोरिडा सहित धेरै नयाँ स्थानहरूमा आफ्नो सेवाहरू सुरू गरेको थियो ।
आफ्नो नयाँ पियर–टु–पियर मूल्य निर्धारण मोडलको लाभ उठाउँदै एवम् तिव्र रुपमा विकास गर्दै इन्ड्राइभ यात्रुहरूका लागि किफायती आवतजावतको विकल्प र चालकहरूका लागि उचित आम्दानीका अवसरहरू सिर्जना गर्न मद्दत गर्दै विश्वव्यापी रूपमा सामाजिक अन्यायलाई चुनौती दिने आफ्नो सुपर मिशन प्राप्त गर्न प्रतिबद्ध छ । यसका साथै कम्पनीले उत्सर्जन घटाउने प्रयासमा विभिन्न क्षेत्रहरूमा विद्युतीय सवारीसाधनहरु थप्न थालेको समेत बताएको छ ।
डाटा डट एआईका अनुसार इन्ड्राइभ पाकिस्तान, कोलम्बिया, इजिप्ट, पेरु र मोरक्को सहित १३ देशहरूमा सबैभन्दा धेरै डाउनलोड गरिएको राइड–हेलिङ एप पनि हो ।
काठमाडौं – सरकारले सार्वजनिक सवारी साधनमा क्षमता भन्दा बढि यात्रु राख्न...
गाउँका किसानलाई शहरका उपभोक्तासँग जोड्दै आएको इ फार्मले कोभिड–१९ को विषम...
काठमाडौं -चितवन र नवलपरासीलाई जोड्ने नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माण...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...