७ महिनामै भित्रिए ६ हजार बढी ईभी

काठमाडौं - नेपालमा इलेक्ट्रिक भेइकल (ईभी)को प्रयोग पछिल्लोसमय तीव्र गतिमा बढिरहेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले प्रत्येक महिना ईभी गाडीको आयात उच्च संख्यामा भइरहेको देखाएको हो ।

विभागले चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि माघसम्ममा विभिन्न ब्रान्डका ६ हजार २५६ वटा इलेक्ट्रिक कार, जीप र भ्यान आयात भएर आएको बताएको छ । केही वर्ष यता बजारमा आईसीई भन्दा ईभीको माग बढिरहेको हुँदा आयात पनि उल्लेखिय वृद्धि भएको व्यवसायीहरू बताउँदै आएका छन् ।

विभागका अनुसार ५० किलोवाट क्षमताका ईभी २१ सय ५९, ५१ देखि १०० किलोवाट क्षमताका ३४ सय ९१ र १०१ देखि २०० किलोवाट क्षमताका ५९३ वटा गाडीको आयात भएको बताएको छ ।

यस्तै, २०१ देखि ३०० किलोवाटसम्मको ११ र ३०० किलोवाट माथिको दुई वटा गाडी आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

भन्सार विभागका अनुसार १४ अर्ब ७५ करोड ३ लाख ९७ हजार रुपैयाँ मूल्य बराबरको उक्त गाडीको आयात भएको हो । ति गाडी आयात हुँदा ९ अर्ब ८ करोड ४२ लाख ५४ हजार रुपैयाँ राजश्व संकलन भएकाे छ ।

नेपालमा ईभी गाडीलाई सरकारले प्राथमिकता दिनुका साथै आवश्यक पूर्वाधार निर्माण गर्नाले ईभीको प्रयोग बढ्दै गएको छ । सडक ईभीमय बन्दै जाँदा ईभीको आयात अझै वृद्धि हुने व्यवसायीहरूले बताउँदै आएका छन् ।

कुन देशबाट कति भयो आयात ?

नेपालमा ईभी गाडीको उत्पादन नहुने हुँदा विभिन्न देशबाट यस्ता गाडी आयात हुँदै आएको छ । विभागका अनुसार हाल ईभी गाडीको आयात सबैभन्दा बढी भारत र चीनबाट हुन्छ ।

यो सात महिनामा ५० किलोवाट क्षमता भएका ईभी चीनबाट १२ सय ६८ र भारतबाट ८९१ वटा भित्रिएका छन् । यस्ता, ५१ किलोवाटदेखि १०० किलोवाट क्षमता भएका गाडी चीनबाट २९ सय २२, भारतबाट ५ सय ६८ र कोरियाबाट एक वटा आयात भएको विभागको तथ्यांकले देखाएको हो ।

यसैगरी १०१ देखि २०० किलोवाट क्षमता भएका चीनबाट ५ सय ७०, जर्मनीबाट १७, कोरियाबाट २ र अमेरिकाबाट ४ वटा गाडी भित्रिएका छन् । विभागले २०१ देखि ३०० किलोवाट क्षमता भएका चीनबाट ७ र जर्मनीबाट ३ वटा गाडीको आयात गरेर बिक्रेता कम्पनीहरूले ल्याएको बताएको छ ।

यसका साथै २०१ देखि ३०० किलोवाटको अमेरिकाबाट १ र ३०० भन्दा माथिको २ वटा ईभी गाडी चीनबाट आयात भएर आएको विभागले जानकारी दिएको छ ।

सम्बन्धित समाचारहरू

हुन्डाईको सस्तो इलेक्ट्रिक कार लन्च गर्ने योजना : आई१० इलेक्ट्रिकमा आउने

हुन्डाईको सस्तो इलेक्ट्रिक कार लन्च गर्ने योजना : आई१० इलेक्ट्रिकमा आउने

हुन्डाईले सानो इलेक्ट्रिक ह्याचब्याक ल्याउने तयारी गरिरहेको छ । सो...

एट्टो ३ का साथ दक्षिण कोरियाली बजार प्रवेश गर्दै बीवाईडी

एट्टो ३ का साथ दक्षिण कोरियाली बजार प्रवेश गर्दै बीवाईडी

हालै अर्थात जनवरी १३ मा दक्षिण कोरियाली सरकारले चाइनिज न्यु इनर्जी भेइकल...

विद्युत प्राधिकरणले यी ४ स्थानमा चार्जिङ स्टेशन थप गर्ने

विद्युत प्राधिकरणले यी ४ स्थानमा चार्जिङ स्टेशन थप गर्ने

नेपाल विद्युत प्राधिकरणले थप ४ स्थानमा चार्जिङ स्टेशन निर्माण गर्न टेण्डर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...