भारतमा अक्टोबर १ देखी सबै कारमा ६ वटा एयरब्याग अनिबार्य, मूल्य थप महंगिने

भारत सरकारले सबै कारमा ६ वटा एयरब्याग अनिबार्य गर्ने भएको छ । यो नयाँ नियम यसै वर्षको अक्टोबर महिनादेखी लागु हुनसक्ने देखिएको छ । नयाँ नियम लागु भएपछि भारतीय अटो उत्पादकहरुले आफ्ना सबै मोडलका कारमा ६ वटा एयरब्याग अनिबार्य गर्नुपर्ने छ ।

यसले एउटै कारको मूल्य ५० हजार भारुसम्म बृद्धि हुनसक्ने जनाइएको छ । भारतमा अहिले अधिकांश अटो उत्पादकले १० लाखभन्दा माथीका कारमा मात्र ६ वटा एयरब्याग उपलब्ध गराउँदै आएका छन् ।

नयाँ नियमअनुसार ८ जनासम्म बस्न मिल्ने गाडीको अगाडी २ वटा र दायाँ बायाँ साइडमा २/२ वटाका दरले कर्टेन एयरब्याग अनिबार्य राख्नुपर्नेछ । यसरी राखिने एयसब्यागको गुणस्तर समेत सरकारले तोकेको मापदन्ड अनुसार हुनुपर्ने जनाइएको छ ।

विश्वको चौथो ठूलो अटो बजार भारतमा पछिल्लो समय प्राय सबैजसो अन्तारिष्ट्र्रय ब्रान्डले सवारी साधन उत्पादन गर्दै आइरहेका छन् । अटो उत्पादनको हबका रुपमा विकसित हुँदै गएको बजारलाई मध्येनजर गर्दै उसले चरणबद्ध रुपमा सेफ्टि फिचर्सलाई अपडेट गर्दै लगिरहेको छ ।

सोही क्रममा सन् २०१९ मा सबै कारको ड्राइभर सिटमा एयरव्याग अनिबार्य गरेको उसले यसै बर्षको जनवरी महिनामा प्यासेन्जर एयरव्यागलाई अनिबार्य गराएको थियो ।

अब लागु हुने नयाँ नियमले भारतसहित नेपाली बजारमा समेत मूल्य बढाउने देखिएको छ । नयाँ नियम लागु भएर गाडी उत्पादन हुन थालेपछि एयर व्याग अनिबार्य गरिएकै कारण नेपालमा यी कारको मूल्य २ लाखभन्दा बढीले बृद्धि हुने आँकलन गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

कोरला नाकाबाट भित्रिए १,१९४ विद्युतीय कार

कोरला नाकाबाट भित्रिए १,१९४ विद्युतीय कार

काठमाडौं – नेपाल-चीन उत्तरी कोरलानाकास्थित न्हेचुङमा रहेको मुस्ताङ...

व्याट्री महंगो भएपछि टियागो इभीको मूल्य ४ प्रतिशत सम्मले बृद्धि हुने

व्याट्री महंगो भएपछि टियागो इभीको मूल्य ४ प्रतिशत सम्मले बृद्धि हुने

टाटा मोटर्सले आफ्नो कम मूल्यको इभी टियागोमा ४ प्रतिशतसम्मले मूल्य बृद्धि...

एक वर्षमा हिरो इलेक्ट्रिकले वेच्यो १ लाख युनिट इलेक्ट्रिक स्कुटर

एक वर्षमा हिरो इलेक्ट्रिकले वेच्यो १ लाख युनिट इलेक्ट्रिक स्कुटर

भारतको सवैभन्दा पुरानो र ठूलो इलेक्ट्रिक टु ह्विलर निर्माता हिरो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...