९ महिनामा देशभर ५४८ किलोमिटर नयाँ सडक कालोपत्र

चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधिसम्म देशभरि ५४८ किलोमिटर नयाँ सडकमा कालोपत्र गरिएको छ । चैत मसान्तसम्म दुई लेन सडक ४७४ र चार लेन सडक ७४ किलोमिटर नयाँ कालोपत्र भएको हो । चालु आवमा सरकारले कुल ८ सय किलोमिटर दुई लेन सडक कालोपत्र गर्ने लक्ष्य लिएको सडक विभागले जनाएको छ।

जसमध्ये ९ महिनामा ५० प्रतिशत माथि प्रगति भएको देखिन्छ । यस आवमा चार लेन सडक भने १०९ किलोमिटर नयाँ कालोपत्र गर्ने लक्ष्य थियो । जसको प्रगति ६७ प्रतिशत हाराहारी भएको देखिन्छ। यस अवधिमा पुल निर्माण भने ११८ वटा भइसकेका छन् । यस वर्ष सरकारले १६२ वटा पुल निर्माणको लक्ष्य राखेको छ । विभागका अनुसार सो अवधिमा बेली ब्रिज जडान ३ वटा भएका छन् । कुल ५ बेलीब्रिज जडानको लक्ष्य रहेको छ ।

यस वर्ष क्र्यास बेरियर ३७ हजार १४२ मिटर राखिएको छ । राजमार्ग मर्मत भने ७१ किलोमिटर बराबर भएको सडक विभागको तथ्यांक छ । राजमार्ग पुनर्निर्माण तथा स्तरोन्नति ५२ किलोमिटर बराबर भएको छ ।

यस वर्ष ९ महिनामा सडक विभागमार्फत कुल ३ हजार ८७१ कार्यदिन बराबर रोजगारी सिर्जना भएको तथ्यांकमा उल्लेख छ । विभागले ९ महिनामा ४४ अर्ब रुपैयाँ बराबर कुल बजेट खर्च गरेको छ । यस वर्ष विभागले १ खर्ब २४ अर्ब रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

सडक दुर्घटना न्यूनीकरण र प्रदूषण नियन्त्रणमा कृत्रिम एआईले ठूलो सहयोग गर्न सक्ने

सडक दुर्घटना न्यूनीकरण र प्रदूषण नियन्त्रणमा कृत्रिम एआईले ठूलो सहयोग गर्न सक्ने

भारतमा फेब्रुअरी १६, २०२६ देखि एआई प्रभाव शिखर सम्मेलन २०२६ औपचारिक रूपमा...

दशैं मनाउन राजधानीबाट पाँच दिनमा बाहिरिए एक लाख ८९ हजार यात्रु

दशैं मनाउन राजधानीबाट पाँच दिनमा बाहिरिए एक लाख ८९ हजार यात्रु

काठमाडौं – मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट चाडपर्व मनाउनका लागि...

मुग्लिन–पोखरा सडक दमौली बजारमा धमाधम कालोपत्र हुँदै

मुग्लिन–पोखरा सडक दमौली बजारमा धमाधम कालोपत्र हुँदै

दमौली (तनहुँ) – मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत दमौली बजारमा धमाधम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...