नेपाली सडकमा ५ हजार भन्दा बढी महिन्द्रा स्कोर्पियो पिकअप

नेपाली बजारमा उपलब्ध विभिन्न कम्पनीका पिकअप मध्ये एक हो ‘महिन्द्रा स्कोर्पियो’ पिकअप । फुल अप्सन गाडीको प्रुभन पर्फमेन्स र हाई इन्ड फिचर्सका कारण हाल नेपालका सबै भूभागमा ५ हजार भन्दा बढी महिन्द्रा स्कोर्पियो पिकअप गाडी दौडिरहेका छन् ।

नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रालिले नेपाली जीवनशैली र भौगोलिक हिसाबले उत्तम मानिएको स्कोर्पियो पिकअप विभिन्न भेरिएन्ट र चार कलरमा नेपाली बजारमा उपलब्ध भएको बताएको छ ।

नेपालका अधिकांश बाटोहरु ग्रामीण इलाकामा पर्छन् । त्यस्ता बाटोका लागि कि एसयूभी कि पिकअप उपयुक्त मानिन्छ । अफरोड वा एडभेन्चर यात्राका लागि पिकअप नै उपयोगी हुन्छ । किनकी डबल क्याब पिकअपमा ५ यात्रु सहित सामान राख्नका लागि पछाडिको भागमा ठूलो स्पेस रहेको हुन्छ । महिन्द्राले सिंगल र डबल क्याब दुवै मोडलमा स्कोर्पियो पिकअप उपलब्ध गराइरहेको छ ।

सरकारी तथा गैर सरकारी क्षेत्रमा विश्वसनीय र भरपर्दो मानिएको यो पिकअप उपभोक्ताहरु माझ पनि यसको फोर ह्विल ड्राइभ, अफरोड क्षमता, स्टाइलिश मोडल, उच्च स्तरको विशेषता, शक्तिशाली प्रर्दशन, अधिकतम सुरक्षा र प्रतिस्पर्धी मूल्यका कारण प्राथमिकतामा पर्न सफल भएको पाइन्छ ।

नेपाली बजारमा मात्रै नभई स्कोर्पियोको लोकप्रियता विश्वव्यापी रुपमा ट्युनिसिया, दक्षिण अमेरिका, युरोप, अस्ट्रेलिया, एशिया र अफ्रिकाका धेरै बजारहरूमा समेत कायम रहेको छ ।

स्कोर्पियोको प्लेटफर्ममा बनेको महिन्द्रा पिकअपमा चार सिलिन्डरयुक्त २.२ लिटर टर्बो डिजेल एमहक इन्जिने १४० एचपी पावर र ३२० एनएम टर्क जेनेरेट गर्छ । यसमा भएको २१० एमएमको ग्राउन्ड क्लियरेन्सका साथै फोर ह्विल ड्राइभको मद्दतले नेपालको कुनै पनि कुनामा सहजरुपमा यात्रा गर्न सकिन्छ ।

सुरक्षाका लागि यो पिकअपमा ड्युअल एयरब्याग, एबीएस, रिमोर्ट कन्ट्रोल, सेन्ट्रल लक लगायत विशेषताहरु रहेका छन् । स्कोर्पियो डबलक्याब पिकअप एस ६ र एस १० मा उपलब्ध छ ।

विगत ३ दशक देखि अग्नि इन्कर्पोरेटेड प्रालिले महिन्द्रा स्कोर्पियो देशको सातै प्रदेशमा बिक्री र बिक्री पछि मर्मत सेवाहरू प्रदान गर्दै आएको छ । हाल अग्निको ८० भन्दा बढी नेटवर्क, शोरुम तथा सर्भिस सेन्टरहरु देशभर उपलब्ध छन् ।

कम्पनीले आफ्ना सेवाहरूलाई निरन्तरता दिन र उपभोक्ताहरुलाई लाभ प्रदान गर्न निरन्तर प्रयास गरिरहेको बताएको छ ।

सम्बन्धित समाचारहरू

दमदार फिचरसहित महिन्द्राले लन्च ग-यो एक्सयूभी ३एक्सओ, नेक्सन र भेन्युसँग हुनेछ प्रतिस्पर्धा

दमदार फिचरसहित महिन्द्राले लन्च ग-यो एक्सयूभी ३एक्सओ, नेक्सन र भेन्युसँग हुनेछ प्रतिस्पर्धा

महिन्द्राले एक्सयूभी ३एक्सओ भारतमा दमदार फिचर सहित लन्च गरेको छ । सो...

महिन्द्रा ईभी हात पार्न ग्राहकले ६ महिनासम्म कुर्नुपर्ने

महिन्द्रा ईभी हात पार्न ग्राहकले ६ महिनासम्म कुर्नुपर्ने

महिन्द्राले हालै लन्च गरेको नयाँ विद्युतिय कार एक्सईभी ९ई र बीई ६ लाई हात...

महिन्द्रा एक्सयुभी ७०० को नयाँ सेफ्टी फिचर : चालक निदाएपछि दिनेछ सावधान सूचक सन्देश

महिन्द्रा एक्सयुभी ७०० को नयाँ सेफ्टी फिचर : चालक निदाएपछि दिनेछ सावधान सूचक सन्देश

महिन्द्राको नयाँ प्रिमियम एसयूभी एक्सयुभी७०० आधिकारिक रुपमा डेब्यू...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...