नेपाली सडकमा ५ हजार भन्दा बढी महिन्द्रा स्कोर्पियो पिकअप

नेपाली बजारमा उपलब्ध विभिन्न कम्पनीका पिकअप मध्ये एक हो ‘महिन्द्रा स्कोर्पियो’ पिकअप । फुल अप्सन गाडीको प्रुभन पर्फमेन्स र हाई इन्ड फिचर्सका कारण हाल नेपालका सबै भूभागमा ५ हजार भन्दा बढी महिन्द्रा स्कोर्पियो पिकअप गाडी दौडिरहेका छन् ।

नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रालिले नेपाली जीवनशैली र भौगोलिक हिसाबले उत्तम मानिएको स्कोर्पियो पिकअप विभिन्न भेरिएन्ट र चार कलरमा नेपाली बजारमा उपलब्ध भएको बताएको छ ।

नेपालका अधिकांश बाटोहरु ग्रामीण इलाकामा पर्छन् । त्यस्ता बाटोका लागि कि एसयूभी कि पिकअप उपयुक्त मानिन्छ । अफरोड वा एडभेन्चर यात्राका लागि पिकअप नै उपयोगी हुन्छ । किनकी डबल क्याब पिकअपमा ५ यात्रु सहित सामान राख्नका लागि पछाडिको भागमा ठूलो स्पेस रहेको हुन्छ । महिन्द्राले सिंगल र डबल क्याब दुवै मोडलमा स्कोर्पियो पिकअप उपलब्ध गराइरहेको छ ।

सरकारी तथा गैर सरकारी क्षेत्रमा विश्वसनीय र भरपर्दो मानिएको यो पिकअप उपभोक्ताहरु माझ पनि यसको फोर ह्विल ड्राइभ, अफरोड क्षमता, स्टाइलिश मोडल, उच्च स्तरको विशेषता, शक्तिशाली प्रर्दशन, अधिकतम सुरक्षा र प्रतिस्पर्धी मूल्यका कारण प्राथमिकतामा पर्न सफल भएको पाइन्छ ।

नेपाली बजारमा मात्रै नभई स्कोर्पियोको लोकप्रियता विश्वव्यापी रुपमा ट्युनिसिया, दक्षिण अमेरिका, युरोप, अस्ट्रेलिया, एशिया र अफ्रिकाका धेरै बजारहरूमा समेत कायम रहेको छ ।

स्कोर्पियोको प्लेटफर्ममा बनेको महिन्द्रा पिकअपमा चार सिलिन्डरयुक्त २.२ लिटर टर्बो डिजेल एमहक इन्जिने १४० एचपी पावर र ३२० एनएम टर्क जेनेरेट गर्छ । यसमा भएको २१० एमएमको ग्राउन्ड क्लियरेन्सका साथै फोर ह्विल ड्राइभको मद्दतले नेपालको कुनै पनि कुनामा सहजरुपमा यात्रा गर्न सकिन्छ ।

सुरक्षाका लागि यो पिकअपमा ड्युअल एयरब्याग, एबीएस, रिमोर्ट कन्ट्रोल, सेन्ट्रल लक लगायत विशेषताहरु रहेका छन् । स्कोर्पियो डबलक्याब पिकअप एस ६ र एस १० मा उपलब्ध छ ।

विगत ३ दशक देखि अग्नि इन्कर्पोरेटेड प्रालिले महिन्द्रा स्कोर्पियो देशको सातै प्रदेशमा बिक्री र बिक्री पछि मर्मत सेवाहरू प्रदान गर्दै आएको छ । हाल अग्निको ८० भन्दा बढी नेटवर्क, शोरुम तथा सर्भिस सेन्टरहरु देशभर उपलब्ध छन् ।

कम्पनीले आफ्ना सेवाहरूलाई निरन्तरता दिन र उपभोक्ताहरुलाई लाभ प्रदान गर्न निरन्तर प्रयास गरिरहेको बताएको छ ।

सम्बन्धित समाचारहरू

एक्सयूभी३०० को फेसलिफ्ट भर्सन लन्च गर्ने तयारीमा महिन्द्रा

एक्सयूभी३०० को फेसलिफ्ट भर्सन लन्च गर्ने तयारीमा महिन्द्रा

कम्प्याक्ट एसयूभीको लोकप्रियताका कारण कम्पनीहरूले आफ्ना प्रोडक्टहरु...

वोलेरोमा पनि देखियो महिन्द्राको नयाँ ‘ट्विन पिक’ लोगो, फेसलिफ्ट मोडल आउने तयारीमा

वोलेरोमा पनि देखियो महिन्द्राको नयाँ ‘ट्विन पिक’ लोगो, फेसलिफ्ट मोडल आउने तयारीमा

महिन्द्राले आफ्नो ब्रान्ड पहिचानलाई नयाँ स्वरुप दिन तयार पारेको ‘ट्विन...

महिन्द्राको नयाँ अफ-रोड एसयूभी थार रक्स लन्च, फोर्स गोर्खासँग प्रतिस्पर्धा गर्ने

महिन्द्राको नयाँ अफ-रोड एसयूभी थार रक्स लन्च, फोर्स गोर्खासँग प्रतिस्पर्धा गर्ने

महिन्द्रा एण्ड महिन्द्राले थार रक्स भारतीय बजारमा लन्च गरेको छ । यो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...