यामाहा नेपालले एकैपटक डेलिभर ग-यो ५ सय युनिट एमटी–१५ बीएस६ बाइक

काठमाडौँ – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले एकै पटक ५ सय युनिट एमटी–१५ बीएस६ मोटरसाइकल ग्राहकलाई हस्तान्तरण गरेको छ । यामाहाले दोस्रो पटक यसरी एकैपटक धेरै संख्यामा यो मोटरसाइकल हस्तान्तरण गरेको हो ।

भृकुटीमण्डपस्थित कम्पनीको बिहीबारबाट सुरु भएको यामाहा महा एक्सचेन्ज मेलाको अवसर पारी मोटसाइकल वितरण गरिएको हो ।

गत वर्ष सोही मेलामा एमटी–१५ बीएस६ मोटरसाइकल सार्वजनिक गरी पहिलो दिनमै दुई सयभन्दा बढी मोटरसाइकल डेलिभर गरेको कम्पनीले जनाएको छ । यस मोटरसाइकलको पूर्व सफलता र नेपाली बजारमा बाइकप्रेमीहरूको मागलाई मध्यनजर गर्दै यामाहा नेपालले उक्त बाइकका लागि फेरि पनि अग्रिम बुकिङ्गको व्यवस्था गरेको थियो ।

प्रि(–रजर्भेसनमा मोटरसाइकलको माग अझै बढेपछि विश्वव्यापी बजारको समस्याले गर्दा यसको उत्पादनमा गम्भीर समस्याको सामना गर्नुपरेको कम्पनीले बताएको छ । निर्माणमा लाग्ने आवश्यक प्रमुख इलेक्ट्रोनिक चिप्सको विश्वव्यापी रूपमै अभाव भएको हुँदा पि–रिजर्भेसन ग्राहकहरुका लागि यामाहाले यसको उत्पादनमा अझै पूर्णताका साथ यो बाइकलाई फेरि नेपाली बजारमा उपलब्ध गरएको बताएको छ ।

कम्पनीका अनुसार एमटी–१५ बीएस६ मास्टर अफ टर्कको परिणाम हो । १५५ सीसी लिक्विडकुल्ड इन्जिनको यस प्योर ब्रेड हाइपर नेकेड, एमटी स्टेबलबाट परिस्कृत सामग्रीहरूको प्रयोगपछि तयार गरिएको बाइक रहेको कम्पनीले जनाएको छ ।

बिश्व बजारमा एमटी सिरिजका बाइकका श्रृंलाहरु बहुप्रचलित भएको र छरितोपन, परिष्कृत कन्ट्रोल पोस्चर्स र सिंगल च्यानल एबीएसजस्ता विशेषताले गर्दा एमटीको यो मिनी भर्सन युवा बाइकप्रेमीहरूमाझ लोकप्रिय रहेको कम्पनीको ठहर छ ।

मोटरसाइकल वितरण कार्यक्रममा बोल्दै यामाहा नेपालका सीईओ राजु क्षेत्रीले एमटी–१५ बीएस६ का लागि यामाहा प्रेमीहरूले देखाएको धैर्यता, समर्थन र एमएडब्लुप्रतिको विश्वासका लागि आभार व्यक्त गरेका छन् ।

सम्बन्धित समाचारहरू

नेपालमा प्रभाब बढाउँदै चाइनिज ब्रान्डका टु ह्विलर, कस्तो रहला अबको बजार

नेपालमा प्रभाब बढाउँदै चाइनिज ब्रान्डका टु ह्विलर, कस्तो रहला अबको बजार

नेपालको टु ह्विलर बजारमा पछिल्लो समय चिनियाँ ब्रान्डले बलियो पकड बनाउन...

मोटोजिपी हेर्न थाइल्यान्ड जाने हो ? यामाहा शोरुम गएर फारम भर्ने अन्तिम अवसर

मोटोजिपी हेर्न थाइल्यान्ड जाने हो ? यामाहा शोरुम गएर फारम भर्ने अन्तिम अवसर

काठमाडौँ — नेपालका लागि यामाहा बाइकको आधिकारिक वितरक यामाहा नेपालले...

नयाँ वर्षको अवसरमा देशभरका सोरुममा यामाहा एक्सचेन्ज एन्ड अपग्रेड गरिने

नयाँ वर्षको अवसरमा देशभरका सोरुममा यामाहा एक्सचेन्ज एन्ड अपग्रेड गरिने

काठमाडौं – यामाहाले देशभरका शोरुममा एकसाथ एक्सचेन्ज मेला आयोजना गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...