नेपाल आइपुग्यो भारतमा निकै रुचाइएको किया सोनेट, यस्तो छ मूल्य र विशेषता
काठमाडौं – कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि...
टोयोटाले सन् २०२१ मा ठोस अवस्थाको ब्याट्रीबाट चल्ने इलेक्ट्रिक कार ल्याउने तयारी गरिरहेको छ । सो ब्याट्रीलाई एक पटक फुल चार्ज गर्दा ५ सय किलोमिटर चल्ने छ भने १० मिनेटमै रिचार्ज हुनेछ ।
हाल अटोमोबाइल क्षेत्रमा इलेक्ट्रिक भेइकलको निर्माण तीव्र गतिमा भइरहेको छ । साथै विभिन्न देशबाट यसको बढोत्तरीको लागि आ–आफ्नो तर्फबाट प्रयास पनि भइरहेको छ । १९ औं र २० औं शताब्दीमा शुरु भएको इलेक्ट्रिक भेइकलले हालसम्म आइपुग्दा निकै नै सफलता हात पारेको छ ।
सन् २०२१ मा टोयोटाले नयाँ इलेक्ट्रिक व्याट्रीबाट चल्ने कारको प्रोटोटाइप सार्वजनिक गर्ने तयारी गरेको छ । टोयोटा कम्पनीले विकास गरेको सो व्याट्री एक पटकको फुल चार्जमा ५०० किलोमिटरको दुरी तय गर्र्ने विश्वास गरिएको छ । सो व्याट्री १० मिनेटमा पुन रिचार्ज गर्न सकिनेछ । ठोस अवस्थाको सो व्याट्री प्रयोग गरी टोयोटाले सुबारु कम्पनीसँगको साझेदारीमा पहिलो इलेक्ट्रिक भेइकल विकसित गरिरहेको छ । जसलाई बी जेड ईभी नाम दिइएको छ ।
सन २०२५ सम्ममा सो व्याट्री ठूलो स्तरमा उत्पादन शुरु गरिनेछ । ठोस अवस्थाको उक्त व्याट्री लिथियम आयोन व्याट्री भन्दा निकै पावरफुल हुने र अटो क्षेत्रमा क्रान्ति ल्याउने विश्वास गरिएको छ । सो प्रविधिको विकास लगभग पुरा भइसकेको छ ।
उक्त व्याट्रीले इलेक्ट्रोलाइटको माध्यमबाट क्याथोडबाट एनोड तर्फ बिजुली प्रवाह गर्छ र उपकरणलाई उर्जा प्रदान गर्न सक्षम हुन्छ । सो व्याट्रीमा भएको ठोस इलेक्ट्रोलाइट तरल र जेल भन्दा सानो र हल्का हुनेछ । सोडियमबाट बनेकाले यसले वातावरणलाई कम हानी पु¥याउने र आगो लाग्ने सम्भावना पनि न्यून रहेको छ ।
सो व्याट्रीको आयु ३ लाख ८० हजार किलोमिटरको हुनेछ अर्थात एउटा गाडी त्यति किलोमिटर चल्दा सम्म सो ब्याट्रीले कार्य गर्नेछ । यसको लागि कुलिङ सिस्टमको पनि आवश्यकता पर्दैन ।
काठमाडौं – कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि...
नयाँ बाइकको बिक्री बढाउन बिभिन्न आयतकर्ता कम्पनीहरुले प्रायः बाह्रै...
जर्मन अटो ब्रान्ड बीएमडब्ल्युका बाइक अहिले नेपाली बजारमा लोकप्रिय...