इम्बोस्ड नम्बर प्लेट जडानमा सुस्तता : ७ वर्षमा ५० हजार मात्र जडान

काठमाडौं- सरकारले ‘इम्बोस्ड नम्बर प्लेट’का लागि सम्झौता गरेको सात वर्षमा जम्मा ५० हजार सेवाग्राहीले मात्रै आफ्नो सवारीसाधनमा जडान गरेका छन्।

यातायात व्यवस्था विभागले अहिलेसम्म झन्डै तीन लाख नम्बर प्लेट उत्पादन भएर आएको जनाएको छ।

आपूर्तिकर्ताका कारणले नभएर विभागले नै बाध्यकारी नगरेकाले जडानमा ढिलाइ भइरहेको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले बताए। उनले भने- ‘आपूर्तिकर्तालाई अहिलेसम्म काम दिन सकिएको छैन।’

आपूर्तिकर्ताले विभागले माग गरेअनुसारको उत्पादन गर्न सकिने भनिरहेको उनले बताए। लामो समयसम्म कुन भाषामा बनाउने भन्ने अन्योलका कारण पनि यसको प्रगति ढिलाइ भएको जनाइएको छ।

सरकारले नेपालीमा समेत ‘इम्बोस्ड नम्बर प्लेट’ छाप्ने भनेकाले अहिले विभागले यसका लागि आवश्यक तयारी गरिरहेको छ। एकैपटकमा धेरै सेवाग्राहीलाई सेवा दिन सरकारको आफ्नै क्षमता कस्तो छ भन्ने महत्त्वपूर्ण रहेको प्रवक्ता पनेरुले बताए।

उनका अनुसार कार्यालयमा जडान गर्ने क्षमता, जनशक्ति, गाडी राख्ने ठाउँलगायतका भौतिक पूर्वाधारका कुरा हुन आवश्यक छ। यातायात व्यवस्था कार्यालयहरू प्रदेश मातहतमा रहेकाले विभागले मात्रै चाहेर नहुने उनको भनाइ थियो।

यी कार्यालयसँग समन्वय गरेर कति सङ्ख्यामा कसरी सकिन्छ भनी योजना बनाइने उनले बताए।

उनले भने, ‘हामीले समन्वयको काम गर्ने हो। खास काम गर्नुपर्ने यातायात कार्यालयहरूले भएकाले उनीहरूको साधन स्रोतले पनि भ्याउने हुनुपर्छ।’

कहिले अदालतमा मुद्दा भएकाले त कहिले भाषासम्बन्धी विवादका कारणले इम्बोस्ड नम्बर प्लेट जडान सुस्त भएको जनाइएको छ। आपूर्तिकर्ता कम्पनीका कारण नभएर अरु कारणले ढिलाइ भएकाले विभागले अवधि थपिरहेको छ।

पछिल्लोपटक थप भएको अवधिअनुसार आगामी मङ्सिरसम्म अवधि रहेको छ। सबैको समन्वय भएर काम हुँदा यसले गति लिनसक्ने उनले बताए।

आपूर्तिकर्ताले धमाधम छाप्ने र यातायात कार्यालयले त्यहीअनुसार जडान गरेर अबको केही समयमा नै सम्पन्न हुनसक्ने सम्भावना रहेको उनले बताए। त्यतिबेलासम्म पनि केही समस्या आयो र सकिएन भने सरकारले समाधान गर्ने उनको भनाइ छ।

विभागले विसं २०७३ जेठ १७ गते टाइगर आइटी (द कर्पोरेसन)सँग नम्बर प्लेट आपूर्ति र जडानका लागि सम्झौता गरेको थियो।

रासस

सम्बन्धित समाचारहरू

१ लाख ग्राहकमा गरिएको सर्बेक्षणले ईभीबारे निकाल्यो यस्तो निष्कर्ष

१ लाख ग्राहकमा गरिएको सर्बेक्षणले ईभीबारे निकाल्यो यस्तो निष्कर्ष

जेडी पावरले ईभीमा हालै गरेको गुणस्तर सर्बेक्षणको निष्कर्ष सार्बजनिक...

तपाईको स्मार्ट ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो कि भएन ? यसरी हेर्नुस्

तपाईको स्मार्ट ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो कि भएन ? यसरी हेर्नुस्

अहिले स्मार्ट ड्राइभिङ लाइसेन्सको चर्चा धेरै छ । तर पनि समयमै पाइदैन । लामो...

कामा ब्रान्डका ईभीको बिक्री शुरु, कमर्सियल र प्यासेन्जर प्रयोजनका लागि उपयुक्त

कामा ब्रान्डका ईभीको बिक्री शुरु, कमर्सियल र प्यासेन्जर प्रयोजनका लागि उपयुक्त

काठमाडौं – त्रिवेणी मोटोकर्प प्रालिले कामा ब्रान्डको ११ र १४ सिट क्षमताका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...