पेट्रोलियम आयात करमा ५० प्रतिशत छुट दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं– सरकारले पेट्रोलियम पदार्थको आयातमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले बढ्दो इन्धन घाटा र उपभोक्तामाथि परेको मूल्यवृद्धिको चापलाई सम्बोधन गर्न यस्तो निर्णय गरेको हो ।

बैठकका निर्णयहरू सार्वजनिक गर्दै सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आयल निगमले पछिल्लो १५ दिनमै ११ अर्ब ७२ करोड रुपैयाँ घाटा बेहोरेको तथ्यांक प्रस्तुत गर्दै मूल्य समायोजन र कर छुटको बाध्यात्मक निर्णय लिनुपरेको प्रस्ट पारिन् ।

इन्धन खपत न्यूनीकरण गर्न सरकारले उच्च पदस्थ अधिकारीहरूको इन्धन कोटा कटौती गरिसकेको र आवश्यक परे यातायातमा ‘जोरबिजोर प्रणाली’ समेत लागू गर्न सक्ने चेतावनी उनले दिइन् । सरकारले नागरिकलाई ‘वर्क फ्रम होम’ र विद्युतीय सवारीसाधनको प्रयोग बढाउनसमेत आह्वान गरेको छ ।

सम्बन्धित समाचारहरू

कारमा गलत फ्युल हालेमा के हुन्छ ? सावधानीका लागि यसो गर्नुस्

कारमा गलत फ्युल हालेमा के हुन्छ ? सावधानीका लागि यसो गर्नुस्

गाडी मुख्यतया पेट्रोल र डिजेलमा चल्छ । डिजेल इन्जिन भएको गाडी पेट्रोलमा...

२०८१ मा नेपाली अटोमोबाइल क्षेत्र : केही आशा, केही निराशा

२०८१ मा नेपाली अटोमोबाइल क्षेत्र : केही आशा, केही निराशा

नेपाली अटोमोबाइल क्षेत्रमा नेपाली वर्ष २०८१ मा केही सन्तोषजनक उपलब्धि...

कच्चा तेलको मूल्य प्रतिब्यारेल ११२ डलर नाघ्यो, इन्धन हाहाकार अझै चुलिने खतरा

कच्चा तेलको मूल्य प्रतिब्यारेल ११२ डलर नाघ्यो, इन्धन हाहाकार अझै चुलिने खतरा

काठमाडौं–मध्यपूर्व युद्धका कारण कच्चा तेलको मूल्य हालसम्मकै सर्बाधिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...