अल्टो के१० वारे जान्नै पर्ने यी ५ तथ्य

मारुती सुजुीकले हालसालै लन्च गरेको नयाँ अल्टो के१० अहिले इन्ट्रि लेभल ह्याचव्याकमा चर्चित वनिरहेको छ । थर्ड जेनेरेशन के१० लाई सुजुकीले हर्टटेक्ट प्लेटफर्ममा निर्माण गरेको हो । यसअघिको के१० वन्द भएको २ वर्षपछि आएको यो नयाँ कार पहिलेको तुलनमा केही ठूलो समेत छ । यो नयाँ कारमा विल्कुलै नयाँ एक्सटेरियर तथा इन्टेरियर डिजाइन र प्रशस्तै आधुनिक फिचर्स दिइएको छ । १ हजार सिसी क्षमताको पेट्रोल इन्जिन जडित यो कारवारे जान्नैपनि ५ तथ्य यसप्रकार छन् ।

अल्टो ८०० भन्दा महंगो तर एस–प्रेसो भन्दा सस्तो
मूल्यका हिसावले यो नयाँ कार अल्टो ८०० भन्दा महंगो तर एस–प्रेसोको तुलनमा केही सस्तो छ । ४ लाख भारुदेखी शुरु हुने यसको टप भेरियन्ट भिएक्सआई प्लस एएमटीको मूल्य ५ लाख ८४ हजार भारु निर्धारण गरिएको छ । जवकी अल्टो ८०० लाई मारुतीले ३ लाख ३९ हजारदेखी ४ लाख ४५ हजार भारुसम्म विक्री गर्दै आइरहेको छ । एस–प्रेसोको मूल्य भने ४ लाख २५ हजारदेखी ६ लाख रुपैयाँसम्म निर्धारण गरिएको छ । मूल्यका हिसावले यो नयाँ कारको प्रतिस्पर्धा अल्टो ८०० र एस–प्रेसोसंगै हुने देखिन्छ ।

सिलेरियोबाट प्रेरित लुक्स
यो नयाँ कारलाई सुजुकीले सिलेरियोबाट प्रेरित भई निर्माण गरेको लुक्सवाटै प्रष्ट हुन्छ । यसमा दिइएको हेडल्याम्प, ग्रिल र फ्रन्ट वम्पर सिलेरियोसंग मिल्दोजुल्दो छ भने पछाडीबाट हेर्दासमेत सिलेरियोकै झल्को दिन्छ । यो कारमा हवक्याप सहितको १३ इन्च स्टिल ह्विल दिइएको छ ।

नयाँ डिजाइनको ड्यासवोर्ड र अतिरिक्त फिचर्स
अपराइट डिजाइन ड्यासवोर्ड दिइएको यो कारमा सेलिरियो र एस–प्रेसोमै दिइएको ७ इन्चको इन्फोटेन्मेन्ट सिस्टम जडान गरिएको छ । साथै स्क्रिनको दुवै साइडमा सिल्भर एसेन्ट समेत रहेको देख्न सकिन्छ । यो कारमा उपलब्ध स्विच गियरजस्तै देखिने स्टेरिङ ह्विल, कन्ट्रो स्टल्क्स, इन्टेरियर डोर ह्यान्डल र साइड एसी भेन्ट सेलिरियोबाट लिइएको हो । स्क्रिन मुनि रहेको फ्रन्ट पावर विन्डो वटन समेत सिलेरियो र एस–प्रोसोको जस्तै देखिन्छ ।

यो नयाँ कारमा एप्पल कार प्ले एवं एन्ड्रोइड अटो, स्टेरिङ माउन्टेड अटो कन्ट्रोल र फोर स्पिकर साउन्ड सिस्टम समेत उपलब्ध छ । सेफ्टिका लागी डुअल एयरव्याग, एविएस र फ्रन्ट सिट वेल्ट प्रिटेन्सनर पनि दिइएको छ ।

के१० सी पेट्रोल इन्जिन
इन्जिनको कुरा गर्नुपर्दा यसमा मारुती सुजुकीले विकास गरेको १.० के१० सी पेट्रोल इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर एस–प्रोसो र सिलेरियोको जत्ति नै अर्थात ६७ एचपी र टर्क ९० एनएम रहेको छ । यो ५ स्पिड म्यानुअल र अटोमेटिक दुवै अप्नसमा उपलब्ध छ । इन्जिन स्टार्ट÷स्टप र डुअल जेट इन्जिका कारण यो यसअघिको मोडलभन्दा निकै नै वढि इन्धन किफायती समेत रहेको छ । यो कारले १ लिटर पेट्रोलको खपतमा २५ किलोमिटरसम्म माइलेज प्रदान गर्ने दावी छ ।

रेनो क्विड र ए–सप्रेसो संग सिधा प्रतिस्पर्धा
यो नयाँ कारको सिधा प्रतिस्पर्धा रेनो क्विसंग हुने देखिएको छ । इन्जिन, पावर तथा पर्फमेन्स, मूल्य र फिचर्सका आधारमा भने यसले आफ्नै ब्रान्डको एस–प्रेसो र अल्टो ८०० संग समेत प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित समाचारहरू

सुजुकी बाइक वा स्कुटर किन्दा १० हजार पक्का छुट,  १५ दिनमा एक जनालाई सुजुकी इन्ट्रयुडर

सुजुकी बाइक वा स्कुटर किन्दा १० हजार पक्का छुट, १५ दिनमा एक जनालाई सुजुकी इन्ट्रयुडर

काठमाडौं – सुजुकी टु ह्विलर्सको नेपालका लागि आधिकरिक वितरक भीजी...

अर्को साता नेपाली बजारमा लन्च हुँदै सुजुकी एभेनिस स्कुटर

अर्को साता नेपाली बजारमा लन्च हुँदै सुजुकी एभेनिस स्कुटर

काठमाडौं – लामो समयको प्रतीक्षा पश्चात सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’...

नेपालभरका शोरुमबाट सुजुकीले शुरु ग-यो जिम्नीको डेलिभरी

नेपालभरका शोरुमबाट सुजुकीले शुरु ग-यो जिम्नीको डेलिभरी

काठमाडौं – नेपालका लागि सुजुकी ब्रान्डका चार पाङ्ग्रे सवारी साधनको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...