बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
भारतीय कार निर्माता कम्पनी टाटा मोटर्सले ४० लाख प्यासेन्जर भेइकल उत्पादन गरेर एक नयाँ उपलब्धि हासिल गरेको छ । कम्पनीको प्रिमियम ह्याचब्याक टाटा अल्ट्रोज ४० लाखौ कार बनेको छ ।
कम्पनीले भारतमा गाडी उत्पादन प्रारम्भ गरेको २९ वर्षमा यो उपलब्धि हासिल गरेको हो । टाटा मोटर्सले सन् १९९१ मा भारतमा पहिलो प्यासेन्जर भेइकलको रुपमा टाटा सिएरा लन्च गरेको थियो । कम्पनीले २९ वर्ष अवधिमा धेरै आइकनिक र पपुलर कार लन्च गरेको छ । यसमा टाटा इन्डिका, टाटा सिएरा, टाटा सुमो, टाटा सफारी र टाटा नानो जस्ता मोडल सामेल छन् ।
टाटाले सन् २००६ मा १० लाख र २०१५ सम्ममा ३० लाख कार उत्पादन गरेको थियो ।
टाटाले यो अवधिमा लगभग सबै सेगमेन्टमा आफ्नो उपस्थिति जनाएको छ । कम्पनीले ह्याचब्याक, सबकम्प्याक्ट सेडान र एसयूभी जस्ता मोडल लन्च गरेको छ । यसमा टाटा टिगोर, टाटा नेक्सन, टाटा एचफाइभ र टाटा अल्ट्रोज जस्ता कार सामेल छन् ।
टाटाले इलेक्ट्रिक भेइकल बजारमा समेत आफ्नो उपस्थिति जनाएको छ । पछिल्लो समयमा टाटाले उत्पादन गरेको इलेक्ट्रिक भेइकल नेक्सन ईभी हो । हाल भारतमा कम्पनीको मार्केट सेयर करिव ६७ प्रतिशत छ । टाटाका साथै अन्य केही कम्पनीले समेत इलेक्ट्रिक भेइकल लन्च गरेका छन् ।
नेपाली बजारमा समेत लगभग सबै मोडलका टाटाका कार उपलब्ध छन् । पछिल्लो समयमा नेपाली बजारमा टाटा अल्ट्रोज उपलब्ध छ । कम्पनीले नेक्सन ईभी समेत लन्च गर्ने योजना बनाएको भए पनि नेपालको सन्दर्भमा यसको लन्चिङ समय केही पछि सरेको बताइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...