फोरह्विल ड्राइभ र अलह्विल ड्राइभमध्ये कुन उपयुक्त? यात्राका लागि सही सिस्टम कसरी छनोट गर्ने
सवारी साधन चलाउँदा पहाडी, हिलोयुक्त वा उबडखाबड बाटोमा सुरक्षित यात्रा...
कारमा हुने विभिन्न प्रविधिमध्ये ३६० डिग्री क्यामेरा र पार्किङ सेन्सर सबैभन्दा चर्चित फिचर मध्ये एक हुन् । यी दुबैको आ-आफ्नै महत्व भए तापनि तिनको परफर्मेन्स र उपयोगिता भने फरक फरक हुन्छ ।
३६० डिग्री क्यामेरा आधुनिक कारमा उपलब्ध एक एड्भान्स ड्राइभिङ असिस्ट फिचर हो। सो फिचरले गाडीको अगाडि, पछाडि तथा दायाँ–बायाँ भागमा जडान गरिएका विभिन्न क्यामेराबाट चालकलाई गाडी वरपरको सम्पूर्ण भ्यु आँखाबाट हेरेजस्तो स्पष्ट रूपमा देखाउँछ। साथै पर्खाल, खम्बा अन्य सवारी साधन तथा विभिन्न अवरोधहरू सहजै पहिचान गर्न मद्दत गर्छ। विशेषगरी भीडभाड भएका बजार क्षेत्र, सपिङ मलका पार्किङ स्थल तथा साँघुरा सडकमा सो सुविधा अत्यन्त प्रभावकारी मानिन्छ।
अर्कोतर्फ, पार्किङ सेन्सर तुलनात्मक रूपमा सरल तर निकै उपयोगी प्रविधि हो। गाडीको अगाडि र पछाडि जडान गरिएका साना सेन्सरहरूले नजिक रहेका वस्तुसँगको दूरी मापन गर्छ । गाडी कुनै अवरोधको नजिक पुग्न थालेपछि साउन्ड सिस्टमले चालकलाई सचेत गराउँछ। दूरी कम हुँदै जाँदा वार्निङ साउन्ड पनि क्रमशः तीव्र बन्दै जान्छ। यही कारण पार्किङ सेन्सर नयाँ चालकहरूका लागि विशेष रूपमा उपयोगी मानिन्छ।
यद्यपि, यी दुवै सुविधाबीचको मुख्य अन्तर तिनले उपलब्ध गराउने जानकारीमा हो। पार्किङ सेन्सरले केवल वस्तुसँगको दूरीबारे जानकारी दिन्छ भने ३६० डिग्री क्यामेराले गाडी वरपरको वास्तविक भ्यु नै देखाउँछ। यही कारण ३६० डिग्री क्यामेरालाई अझ एड्भान्स तथा प्रिमियम सुविधा मानिन्छ।
तर ३६० डिग्री क्यामेरा महँगो प्रविधि भएको हुनाले सीमित बजेटका लागि पार्किङ सेन्सर पनि पर्याप्त विकल्प हुन सक्छ। कम लागतमा उपलब्ध हुने सो सुविधाले पार्किङ तथा रिभर्स गर्दा सुरक्षाको अनुभूति दिलाउनुका साथै चालकको आत्मविश्वास बढाउन मद्दत गर्छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...