२.२२ लिटर पेट्रोल खपतमा १०० किलोमिटर माइलेज दिने जिलीको नयाँ हाइब्रिड सिस्टम
जिलीले आफ्नो नयाँ–पुस्ताको आई–एचईभी ‘इन्टेलिजेन्ट इनर्जी’ हाइब्रिड...
काठमाडौं – तपाईलाई कम मूल्यको ईभी किन्ने विचार छ, तर यसका लागि आवश्यक रकम छैन भने एउटा उपयुक्त मौका आएको छ । राजधानीको भृकुटीमण्डपमा आज देखि प्रारम्भ भएको ‘महामेला एक्सचेन्ज कार्निभल’ मार्फत करिव ४ लाख रुपैयाँमै सानो कम मूल्यको ईभी लिन सकिने अवसर उपलब्ध भएको छ ।
सीजी मोटर्सले नेपाली बजारमा उपलब्ध गराइरहेको दायुन ब्रान्डको युइहु नामक सो गाडीका लागि सुरुमा ३ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्ट बुझाए पुग्ने छ । यसको मूल्य ३१ लाख रुपैयाँ हो । तर बाँकी रकम भने मासिक रुपमा किस्ताबन्दीको रुपमा बुझाउन सकिने छ ।
२०१ एमएम ग्राउन्ड क्लियरेन्स भएको दायुन युइहु ईभी सीजी मोटर्सले बिक्री–वितरण गरिरहेको छ । यसमा ३९ किलोवाटको मोटर रहेको छ जसले १२५ एनएमको टर्क जेनेरेट गर्दछ भने यसमा ३०।६६ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ। उक्त ब्याट्रीले ३०० किलोमिटर भन्दा धेरै रेन्ज प्रदान गर्दछ भने २० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न डीसी चार्जर मार्फत ५४ मिनेट भन्दा कम समय लाग्छ ।
दायुन युइहु सब–कम्प्याक्ट एसयूभीमा फ्रन्ट एन्ड रियर इन्डिपेन्डेन्ट सस्पेन्सन रहेको हुँदा जस्तोसुकै अफरोड तथा खराब बाटोहरुमा उत्कृष्ट कम्फर्ट र आरामदायी यात्रा हुने बताएको छ। इन्डिपेन्डेन्ट सस्पेन्सन समावेश गरिएको उक्त गाडी यस सेग्मेन्टकै पहिलो रहेको बताइएको छ।
७ इन्चको इन्सट्रयुमेन्ट क्लस्टर, किलेस इन्ट्री, टायर प्रेसर मनिटरिङ सिस्टम, एयरब्याग, एबीएस, ईबीडी, हिल स्टार्ट असिस्ट कन्ट्रोल, अटोमेटिक हेडल्याम्प, वान टच विन्डो, पार्किङ रेडार र क्रुज कन्ट्रोल जस्ता फिचर्सहरु उक्त गाडीमा समावेश गरिएको छ।
सीजी मोटर्सले मोटर र ब्याट्रीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर सम्म र च्यासिसमा ५ वर्ष वा १ लाख २० हजार किलोमिटर गुड्दा सम्मको वारेन्टी उपलब्ध गराउने बताएको छ ।
६ दिन सम्म चल्ने सो कार्निभलमा पुराना गाडीसँग अन्य विभिन्न ब्रान्डका नयाँ गाडी साट्न सकिने अवसर समेत उपलब्ध छ ।
जिलीले आफ्नो नयाँ–पुस्ताको आई–एचईभी ‘इन्टेलिजेन्ट इनर्जी’ हाइब्रिड...
चाइनिज ब्याट्री निर्माता कम्पनी सीएटीएल (क्याटल) ले एक्सटेन्डेड–रेन्ज...
काठमाडौं – नेपाली बजारमा दीगो ब्रान्डका इलेक्ट्रिक कार उपलब्ध गराइरहेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...