३० मिनेटमै ३ हजार युनिट बुकिङ भएको प्रिमियम एमपीभी

चीनको बीवाईडी अटो र मर्सिडिज–बेन्जको ज्वाइन्ट भेन्चरको रुपमा रहेको कम्पनीले डेन्जाले चीनमा लन्च गरेको सवारी साधन डी९ ३० मिनेटमै ३ हजार युनिट बुकिङ भएको छ । हेर्दा यो क्रसओभर वा एसयूभी जस्तो लाग्दैन ।

वास्तवमा डेन्जा डी९ एक प्रिमियम एमपीभी हो । यो प्लग इन हाइब्रिड वा ब्याट्री इलेक्ट्रिक भेइकल (बीईभी) को रुपमा उपलब्ध छ र यसलाई ४ वा ७ सिट अप्सनमा छनोट गर्न सकिन्छ ।

डी९ को लम्बाई ५.२५ मिटर, चौडाई १.९६ मिटर र उचाई १.९२ मिटर छ भने यसको ह्लिबेस ३.११ मिटर छ । यी सबैका आधारमा यो हाल उपलब्ध किया कार्निभल भन्दा केही लामो र अग्लो छ ।

डिजाइनका आधारमा यो लक्जरी सेडान जस्तो छ, जसको फ्रन्ट फेसियाको सम्पूर्ण भागमा ठूलो ग्रिल दिइएको छ । ग्रिल इन्सर्ट पनि दुई प्रकारको छ । एउटामा टोयोटा अल्फार्ड जस्तै लिफ्टेड अफ गरिएको छ भने अर्कोमा भर्टिकल क्रोम स्लटको प्रयोग गरिएको छ ।

यसको इन्टेरियरमा प्रशस्तै स्क्रिनहरु रहेका छन् । फ्रन्टमा ३, फ्रन्ट सिटब्याकमा २ र सेकेन्ड रो सिटको आर्मरेस्टमा २ गरी ७ स्क्रिन रहेका छन् । त्यसैगरी यसको सिटब्याक स्क्रिनमा रहेको ८ एमपी क्यामेराको सहयोगले कन्फ्रेन्स कल गर्न वा बालबालिकाको मोनिटरिङ गर्न सकिन्छ ।

त्यसैगरी यसमा स्मार्ट रेफ्रिजेरेटर, १०–वे एड्जस्टेबल सिट, हिटिङ, भेन्टिलेटिङ, १० प्वाइन्ट मसाज फङसनका साथै तीनवटा ५० किलोवाट वायरलेस क्विक चार्जर रहेका छन् । त्यसैगरी यसमा भएको ठूलो प्यानोरामिक रुफ र लामो रियर बेन्चले लामो दुरीको यात्रालाई सहज गराउछ ।

यसमा १.५ लिटर टर्बोचार्ज्ड इन्जिन छ, जसलाई इलेक्ट्रिक मोटरसँग जोडिएको छ । यसले थ्री–इन–वान रियर ड्राइभ हाइब्रिड एसेम्बली प्रदान गर्छ । यसमा भएको ८० किलोवाटको फास्ट चार्जिङमार्फत ९४५ देखि १०४० किलोमिटर सम्मको रेन्ज दिन्छ ।

बीईभी भर्सनको वारेमा भने धेरै जानकारी प्रदान गरिएको छैन । यद्यपि कारन्युज चाइनाले यसमार्फत ६०० किलोमिटर सम्मको रेन्ज दिने बताएको छ ।

यो गाडीको मूल्य समेत सार्वजनिक भइसकेको छ । चार वटा हाइब्रिड भर्सनको मूल्य ४९ हजार ३ सय देखि ६५ हजार ६ सय अमेरिकी डलर सम्म तोकिएको छ । त्यसैगरी बीईभीको मूल्य ५७ हजार ५ सय देखि ६७ हजार ८ सय डलर सम्म र सुपर लक्जरी फोर सिट ‘फाउन्डिङ भर्सन’ को मूल्य ८८ हजार ४ सय डलर तोकिएको छ । यो भर्सन जम्मा ९९ युनिट मात्र उत्पादन हुनेछ ।

सम्बन्धित समाचारहरू

नेटा, केवाइसी र किङ्गलङ्ग ईभीका ग्राहकहरुको लागि सर्भिस क्याम्प आयोजना

नेटा, केवाइसी र किङ्गलङ्ग ईभीका ग्राहकहरुको लागि सर्भिस क्याम्प आयोजना

काठमाडाैं – नेपाली बजारमा नेटा, सीजी केवाइसी र किङ्गलङ्ग इलेक्ट्रिक...

दराज महाबचत बजार : यी ब्रान्डका इलेक्ट्रिक स्कुटर किन्दा २५ हजार छुट

दराज महाबचत बजार : यी ब्रान्डका इलेक्ट्रिक स्कुटर किन्दा २५ हजार छुट

काठमाडौं – दराज अनलाइन सपिङले महाबचत बजार उपलब्ध गराइरहेको छ । सो अवसरमा...

केई कस्टमर -याली सम्पन्न, ब्रान्डप्रतिको विश्वासमा वृद्धि

केई कस्टमर -याली सम्पन्न, ब्रान्डप्रतिको विश्वासमा वृद्धि

काठमाडौं – नेपालका लागि केई ईभीको आधिकारिक वितरक जीओ अटोमोबाइल्स र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...